आङकाजी शेर्पाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको फोटोमा थुकेपछि 


प्रकाशित मिति : पुस २८, २०७४ शुक्रबार

काठमाडौँ – मुलुकका विभिन्न ठाउँमा ‘राष्ट्रिय एकता दिवस’ मनाइरहँदा कीर्तिपुरवासीले भने पृथ्वीनारायण शाह र दिवसको विरोध गरेका छन् ।

नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कीर्तिपुरस्थित छ्याक: ल्वहं (छ्याके ढुंगा)मा विरोधस्वरुप थुक्ने गर्दछन् ।

अादिवासी जनजाती अगुवाहरुले पृथ्वीनारायण शाहले अाफ्नो अधिकार खोसेको भन्दै कालो दिनको रुपमा विभिन्न कार्यक्रम गरे । उनीहरुले अधिकार खोस्नुको साथै जनजातीको नाक काटेको भन्दै हत्यारा भन्दै प्रतिकारात्मक रुपमा पृथ्वीनारायण शाहको शरीरमाथि सामुहिक रुपमा थुकेका छन् । पृथ्वीनारायण शाह लेखिएको कागजमा जनजाती अगुवाहरुले थुकेका हुन् ।

सामान्ती राज्यलाई बलियो बनाउन साना राज्यमाथि दमन गरेको बताउँदै अाङकाजी शेर्पालगायतका जनजाती अगुवाहरुले पृथ्वीनारायण शाह एकताको प्रतिक हुन नसक्ने बताए । सरकारले सार्वजनिक विदा दिएर गणतन्त्रको खिल्ली उडाएको समेत बताए ।

बिहीबार नेपा: प्रदेशमा आदिवासी जनजाति अभियान, नेवा: जागरण मञ्च र नेपा: युथ अर्गनाइजेसनको पहलमा विरोध प्रदर्शन गरेका थिए । ‘

राज्यले राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्नु कीर्तिपुरवासीको अपमान हो,’अभियानका संयोजक अर्जुन महर्जनले भने, ‘ भूगोल जितेर कीर्तिपुरवासी पुर्खाको नाक, कान काटिनु जघन्य अपराधलाई हामी स्वीकार्न सक्दैनौं ।

राज्यले यो दिवस खारेज गर्नैपर्छ ।’ एकीकरण अभियानमा प्रयोग भएका हातहतियारलाई कीर्तिपुरस्थित बाघभैरव मन्दिरको माथिल्लो भागमा झुण्ड्याएर प्रदर्शन गरिएको छ ।

त्यसैगरी पृथ्वीनारायण ठेस लागेर लडेको ढुंगालाई पूजा गर्ने गरेको नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले बताए । त्यस अवसरमा मञ्चका संयोजक सुजीव बज्रचार्य, युथका संयोजक राजाराम तन्डुकार, अधिकारकर्मी कृष्ण भट्टचन, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याललगायतले विचार व्यक्त गरेका थिए । त्यसअघि काठमाडौं असनदेखि कीर्तिपुरसम्म मोटरसाइकल विरोध र्याली र कीर्तिपुरवासीले देवढोकादेखि जुलुस प्रदर्शन गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com