अमेरिकी विमानस्थलमा अध्यागमनको कम्प्युटरमा समस्या


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

 

अमेरिकाका अधिकांश विमानस्थलमा अध्यागमनको कम्प्युटरमा समस्या उत्पन्न भएपछि यात्रुहरुले समस्या भोग्नु परेको छ । न्युयोर्क समय अनुशार सोमबार विहान साढे ७ देखि साढे ९ बजेसम्म विमानस्थलमा रहेको अध्यागमनको कम्प्युटरमा समस्या आएपछि यात्रुहरुले समस्या समाधान नहुँदासम्म विमानस्थलमा कुर्नुपरेको थियो ।

अध्यागमनको कम्प्युटरमा समस्या आएपछि लाइनमा कुरेका यात्रुहरुले अमेरिका छिर्न झण्डै २ घण्टा विमानस्थलमा कुर्नुपरेकोमा आक्रोश व्यक्त गरेका थिए । न्युयोर्कको जोन अफ केनेडी विमानस्थलदेखि एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलसम्म समस्या पैदा भएको थियो ।

गतबर्षपनि विमानस्थलमा यस्तै खालको समस्या आएको थियो । अध्यागमनको कम्प्युटरमा समस्या आउँदा अध्यागमन अधिकारीहरुले यात्रुहरुको पासपोर्ट र भिसा स्क्यान गरेर अमेरिका प्रवेश गराउन सम्भव हुँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com