कुन प्रदेशमा कसको सरकार बन्छ


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

हिजो आइतवार प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथ सकिएसगै दलहरुको ध्यान अव प्रदेशसभा सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ ।

७ वटा प्रदेशमध्ये १ र ३ मा एमालेको स्पष्ट बहुमत छ । प्रदेश नं। ६ मा पनि एमाले बलियो छ । २ नम्बर प्रदेशमा राजपा र संघीय समाजवादी फोरम गठबन्धनको बहुमत पुग्छ । प्रदेश नं। ४, ५ र ७ मा एमाले र माओवादीको बाम गठबन्धनको बहुमत छ । यस हिसाबले २ नम्बर प्रदेशमा मधेसवादीको र बाँकी ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का छ ।

एमाले र माओवादी तथा राजपा र फोरम सिट बाँडफाँडमा जुटेका छन् । मुख्यमन्त्री र सभामुख पदमा बाँडफाँड मिलाउन दुवै गठबन्धनले केही दिनदेखि नै गृहकार्य थालेका छन् ।
कुन प्रदेशमा कसको सरकार

  • प्रदेश नं १ मा एमालेका ५१ जना सांसद छन् । कांग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपाका १ र स्वतन्त्र १ सांसद १ नम्बर प्रदेशमा  छन् । यो प्रदेशमा एमालेले मुख्य मन्त्री पाउनेगरी माओवादीसँग छलफल भैरहेको छ । एमालेका शेरधन राई प्रदेश नं। १ को मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
  • प्रदेश नंं २ मा संघीय समाजवादी फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी ११ सांसद छन् । यहाँ मधेसवादी दल मिलेर सरकार बनाउने निश्चित छ । संघीय समाजवादी फोरमलाई मुख्यमन्त्री दिनेगरी राजपा र फोरमबीच छलफल चलिरहेको छ ।
  • प्रदेश नं ३ मा एमालेका ५८, माओवादीका २३, कांग्रेसका २१, विवेकशील साझाका ३, नेमकिपाका २ तथा राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद छन् । यहाँ एमालेले मुख्य मन्त्री पाउने सम्भावना छ । एमालेबाट मुख्यमन्त्रीको लागि अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापितको नाम चर्चामा छ । तर शाक्यको सम्भावना बलियो देखिन्छ ।
  • प्रदेश नं४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सांसद छन् । यहाँ एमालेका पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङमध्ये एक मुख्यमन्त्री हुनेछन् । दुवैले दावी नछाडेपछि नाम टुंगो लगाउन एमालेलाई समस्या भएको छ ।
  • प्रदेश नं ५ मा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाका एकएक सांसद छन् । यहाँ एमालेका शंकर पोख्रेल मुख्य मन्त्री बन्ने पक्का भैसकेको छ । उहाँलाई एमालेले प्रदेश संसदीय दलको नेतामा चयन गरिसकेको छ ।
  • प्रदेश नं ६ मा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यहाँ एमालेका प्रकाश ज्वाला र यामलाल कँडेलले मुख्यमन्त्रीको दावी गरेपनि बाँडफाँड मिलाउँदा माओवादीले पाउने सम्भावना धेरै छ ।
  • प्रदेश नं ७ मा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ जना सांसद छन् । यो प्रदेशमा एमालेले माओवादीलाई मुख्यमन्त्री छोड्ने लगभग पक्काजस्तै छ ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com