कलाकार विना थापाको सडक दुर्घटनामा निधन


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

पुस १२, गुल्मी–गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले घर भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशील कलाकार विना थापाको आज सडक दुर्घटनामा परी ज्यान गएको छ । दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा बा २ ख ८९४ नम्वरको पानी ट्याङ्करले ठक्कर दिँदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार २७ वर्षीया विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा वीर अस्पतालमा पुर्याएलगत्तै मृत्यु भएको थियो ।

थापा स्टेज प्रोग्राम तताउने नृत्याङक र मोडलिङ्गका लागि स्थापित चलेकी कलाकार थिइन् । उनी रामप्यारी नेपाली चलचित्रमा अभिनय पनि गरेकी थिइन् । उनले अभिनय गरेको अर्को एक चलचित्र पनि आउँदैछ । पिरतीको डोरी,शिव परियारको दिन वित्यो जस्ता दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी विना स्टेज प्रोग्रामका लागि दुवई लगायतका विभिन्न देशमा समेत पुगेकी छिन् ।

अस्पतालमा पुगेका गुल्मीका कलाकार कमल बिसीले भोली मात्र सुटिङ्गका लागि भेट्ने कुरा थियो, आज उनको मृत्युले म बोल्न सक्ने अवस्थामा छैन भने । विना पृथ्वी माध्यामिक विद्यालय मैदनामा एसएलसी पास पछि उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ गएपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com