पहिलो खेलमा साविक विजेता जर्मनी पराजित, मेक्सिको १-० ले विजयी
प्रकाशित मिति : असार ३, २०७५ आईतबार
साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा जर्मनी मेक्सिकोसँग १-० ले पराजित भयो ।
मेक्सिकोलाई जिताउन खेलको ३५ औं मिनेटमा हिरभिङ लोजानोले गोल गरे ।
६० प्रतपशतसम्म बलमा नियन्त्रण राखेको जर्मनीले गोल गर्ने झण्डै २० अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । जर्मनीका खेलाडीको कतिपय प्रहार मेक्सिकोका गोलकिपर ओचावाले बचाएका थिए भने केही प्रहार बाहिरिएको थियो ।