आज साँझदेखि नपड्किने भो बम , विप्लव लियो सवै जिम्मा


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

काठमाडौं,  २१ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने जनाएको छ ।
बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो पार्टीले मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम फिर्ता हुने जनाएको हो ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले संचारकर्मी सगं भने– ‘देशभर प्रतिरोधका घटना हाम्रो नेतृत्वमा भएका हुन्, चुनाव खारेजी अभियानको नेतृत्व हामीले गरेको हुनाले सबै घटनाको जिम्मा हामी लिन्छौं ।’
बम विष्फोटनमा एक म्यादी प्रहरीको मृत्यु भएको तथा निर्दोष सर्वसाधारण तथा उम्मेदवारहरुको ज्यान लिने प्रयास भएको सन्दर्भमा विप्लब समूहले कुनै आत्मालोचना गर्न चाहेको छैन ।
सो समूहका नेता पुनले प्रतिरोध अभियानका क्रममा कतिपय त्यस्ता घटना भएको हुन सक्ने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com