एनआरएनए, च्यूयोर्क च्याप्टरको रक्तदान सम्पन्न


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

गैर आवासीय नेपाली संघ राष्ट्रिय सवन्वय परिषद न्युयोर्क च्याप्टरले कुइन्स ब्लड विभागको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्क ज्याक्सन हाइटस्स्थित सामाजिक सँस्था अधिकारको सभाहलमा आयोजनमा गरिएको थियो । एनआरएनए अमेरिकाका सचिव होमनाथ गौतमले रक्तदान गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

नेपाली महाबाणिज्यदुत मधुकुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वाणिज्यदुत कृसु छेत्रीलगायतका अधिकारिहरुको उपस्थिती थियो । कार्यक्रममा ४७ जना दाताहरुले रक्तदान गरेको एनआरएनए न्यूयोर्क च्याप्टरका महासचिव महेश खड्काले जानकारि दिए ।

च्याप्टरका उपाध्यक्ष विष्णु रानामगरको संयोजकत्वमा संपन्न कार्यक्रममा उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक श्री नबिन शेरचन, एनआरएनए अमेरिका महासचिव श्री बि.आर लामा। बोर्ड सदस्य श्री संजय थापा , बोर्ड सदस्य श्री आङ्गनिमा गेल्जे शेर्पा र ब्लड डोनर्स अफ अमेरिका का पूर्व अधक्ष्य श्री अर्जुन मैनाली लगायतले न्यूयोर्क च्याप्टरको यो समाजिक अभियानको प्रसंशा गरेका थिए । प्राध्यापक तारा निरौला,ने ज स अमेरिका पूर्वसँयोजक बिष्णु सुबेदी, नर्बदा छेत्री, दुर्गेशजंग कार्की लगायतका सामाजीक अभियन्ताहरुले आगामि दिनमा पनि यस्तो समाजिक कार्यलाइ निरन्तरता दिन सुझाब दिएका थिए । कार्यक्रमलाइ व्यस्थिथत बनाउन करिब १८ जना बिद्यार्थीहरु स्वयंसेवकको रुपमा परचालन गरिएको एनआरएन न्यूयोर्क च्याप्टरका महिला संयोजक कंचन केसीले बताइन ।


रक्तदान कार्यक्रमको अन्त्यमा न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाइ धन्यवाद ज्ञापन गरेका थिए ।
एनआरएनए अमेरिकाको गत सेप्टेम्बरमा सम्मन्न निर्वाचनले एनसिसि अमेरिका र यस अन्तर्गतका २६ वटा च्याप्टरमा आगामि २ बर्षको लागी नयाँ कार्यसमिति चयन गरेको थियो । च्यूयोर्क च्याप्टरले नयाँ कार्यसमिति सामुदायीक हितलाइ मध्यनजर गर्र्दै विभिन्न सामाजिक जागरणका कार्यक्रम गर्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो । च्याप्टरले यस अधि गत अक्टुबर १२ तारिखमा गैर आवासिय नेपाली दिवसको अवसरमा बृहद अन्तक्र्रिया आयोजना गरेको थियो ।

Photo: Ramhari Adhikari

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com