गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २४ वर्षीय रवि गोले, २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेष नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्ट छन् ।

रवि विप्लप समूहका युवा दस्ता इञ्जार्च, मुक्ति काठमाडौँ जिल्ला समिति सदस्य, महेष ललितपुरको इलाका कमिटी सदस्य, विगेश न्याय विभाग प्रमुख, राजिव नुवाकोट जिल्ला सदस्य र रोशन साधारण सदस्य हुन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार राजधानीमा भएका विष्फोटहरुमा गोलेकै समूहको संलग्नता रहेको खुलेको छ ।

उनीहरु पक्राउ परेपछि अन्य स्थानमा विष्फोट गराउने योजना असफल भएको प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com