सर्लाहीमा चार राउण्ड हवाइ फायर


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

सर्लाही २१ मंसिर । सर्लाहीको २ नं निर्वाचन क्षेत्र अन्तरगत कौडेना गाँउपालिका–२ जनता मावि मतदान स्थलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुदा चार राउण्ड हवाइ फायर भएको छ । एक अपाङ्गता भएकी महिलाको मतदानका विषयमा विवाद हुँदा झडप भएको हो ।
झडप भएपछि सुरक्षाकर्मीद्धारा ४ राउण्ड हवाई फायर गरेको छ भने अहिले मतदान कार्य रोकिएको छ । अहिले सुचारु गराउने प्रयास भयरहेको प्रहरी उपरीक्षक मसाउद आलम खाँले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com