एकमहिनामा १२६७ नेपालीलाई अमेरिकाको भिजिटर भिसा


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

अमेरिकाको नयाँ आर्थिक बर्ष सुरु हुनासाथ अक्टोबर महिनामा १२६७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् । जसमध्ये बी वानमात्र पाउनेहरु २ जना, बी वान र बी टु दुबै पाउने १२६३ जना र बी टुमात्र पाउने नेपालीहरु २ जना रहेका छन् ।

अक्टोबर महिनामा विश्वभरबाट १२६७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेपनि काठमाडौंमा रहेको दूतावासले भने जम्मा १०९३ जनालाई बी क्याटेगोरीको भिसा जारी गरेको थियो । जबकी सेप्टेम्बर महिनामा काठमाडौंमा रहेको अमेरिकी दूतावासले जम्मा ९१८ जनालाई बी भिसा जारी गरेको थियो । सेप्टेम्बरमा विश्वभरबाट बी भिसा पाउने नेपालीहरु ११३८ जना रहेका थिए ।

सेप्टेम्बरमा १३ जना नेपालीहरुलेमात्र अमेरिकाको विद्यार्थी भिसा पाएकोमा अक्टोबरमा विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या केही बढेको छ । अक्टोबरमा ५२ जना नेपालीहरुले विद्यार्थी भिसा पाएका छन् । जसमध्ये ५१ जनाले नेपालमा रहेको अमेरिकी दूतावासबाट भिसा पाएका थिए ।

श्रोत : ब्यूरो अफ कन्सुलर अफेयर्स, अमेरिकी विदेश मन्त्रालय

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com