९६ हजार नक्कली भारतीय नोटसहित झापामा पक्राउ


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक आज झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् ।

उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताउनुभयो ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com