टीपीएस सकिनेले १ बर्ष नाघेपनि यसरी फाइल गर्न सक्छन् एसाइलम


प्रकाशित मिति : मंसिर १५, २०७४ शुक्रबार

ट्रम्प प्रशासनले एकपछि अर्को देशको टीपीएस कार्यक्रम रद्द गरिरहेको सन्दर्भमा अमेरिकाका चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम फाइल गर्न चाहने टीपीएसप्राप्तकर्ताहरुलाई टिप्सहरु दिएका छन् । टीपीएस गुमाउदै गरेकाहरुसँग अमेरिकामा रहनका लागि कैयन विकल्पहरु रहेको उनले बताएका छन् ।

नागरिकताका लागि दावी, देशनिकाला रद्द गर्नका लागि आवेदन, पारिवारिक सम्बन्ध र जागिरका आधारमा स्टेटस एड्जस्ट, मानव तस्करी र अपराधको शिकार भएको आधारमा अमेरिका बस्नका लागि आवेदन लगायतका विकल्पहरु प्रयोग गर्न सकिने जुबोले जनाएका छन् । तर त्यसका लागि आफ्नो अवस्थाको सही मूल्यांकनका लागि कानुन व्यवसायीसँग सल्लाह लिन उनले सुझाव दिएका छन् ।

न्युयोर्कका कानुन व्यवसायी थोमस मुनगोभनले टीपीएसप्राप्त नेपालीले टीपीएस सकिएपछि लिनसक्ने इमिग्रेशन सुविधाबारे निशुल्क सुझाव दिने घोषणा गरेका छन् । थोमस मुनगोभनको कानुनी कार्यालय मुनगोभन एण्ड एसोसिएट्समा  सम्पर्क गर्न +1 347 449 4753 मा फोन गर्न सक्नुहुनेछ । 

धेरै टीपीएस प्राप्तकर्ताहरुका लागि भने सबैभन्दा धेरै व्यवहारिक र उचित विकल्प एसाइलममात्र हुनसक्ने उनले जनाएका छन् । तर एसाइलमका लागि व्यक्ति एसाइलमका लागि योग्य पृष्ठभूमीको हुनुपर्छ । टीपीएसलाई असाधारण अवस्थाका रुपमा स्वीकार गरिएकाले टीपीएस प्राप्तकर्ताहरुका लागि एकबर्षको डेडलाइन लागु नहुने जुबोले स्पष्ट पारेका छन् ।

एसाइलम आवेदन दिनु अगाडि कुनै व्यक्तिले टीपीएस कायम राखेको छ भने त्यस्तो व्यक्ति अमेरिका आएको १ बर्ष नाघिसकेको भएपनि एसाइलमका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ । 8 C.F.R. § 208.4(a)(5)(iv तर टीपीएस समाप्त हुनु अगाडि नै एसाइलमका लागि आवेदन दिनुपर्ने सुझाव जुबोले दिएका छन् । टीपीएस प्राप्त गर्नुभन्दा अगाडि अमेरिकामा गैरकानुनी स्टेटसमा रहेकाहरुले समेत टीपीएस प्राप्त गरेपछि एसाइलम आवेदन दिएर ग्रिनकार्ड पाउनसक्ने सम्भावना रहेको समेत जुबोको भनाई छ ।

यदि तपाईसँग आर्थिक अभाव भएको खण्डमा निशुल्क सेवा लिन यहाँ क्लिक गरेर आफ्नो राज्य छान्नुहोस् र सेवा प्रदायकहरुलाई सम्पर्क गर्नुहोस् ।

त्यो बाहेक देशको अवस्था वा परिस्थीतिमा परिवर्तन आएको खण्डमा पनि एकबर्षभित्र एसाइलम गर्नुपर्ने नियम लागु नहुने भएकाले त्यस्तो परिस्थीति आएको खण्डमा एसाइलम फाइल गर्न सकिने र कैयन टीपीएसप्राप्तकर्ताका लागि यो विधि उपयुक्त हुनसक्ने जुबोको सुझाव छ । तर पस्थिीति परिवर्तन हुनासाथ नै लामो समय नकुरी आवेदन दिन जरुरी छ ।

टीपीएस प्राप्त कर्ताले अमेरिका आएको एकबर्ष नाघिसकेको भएपनि आवेदन दिनसक्ने भएकाले तत्काल देशनिकालाबाट बच्न उनीहरुले एसाइलमको सहारा लिनसक्छन् । एसाइलम कार्यक्रम रद्द हुन तत्काल सम्भव नभएकाले यो कार्यक्रमबाट टीपीएस प्राप्त कर्ताले फाइदालिनसक्ने जनाइएको छ । एसाइलम फाइल गरिसकेपछि फाइल गरेको १ सय ५० दिन नाघेपछि २ बर्षका लागि वर्क परमिट समेत पाउन सकिने भएकाले यो उपायबाट तत्काल देशनिकाला हुनु नपर्ने जुबोको भनाई छ ।

यदि कुनै व्यक्ति टीपीएसमा छ र टीपीएस समाप्त भएपछि देशनिकालाको खतरामा छ भने त्यस्तो व्यक्तिलाई देशनिकालाबाट बच्ने उपायबारे तत्काल अनुभवी र सृजनशिल कानुन व्यवसायीको सहयोग लिन जुबोले अनुरोध समेत गरेका छन् ।

निशुल्क कानुनी सेवा प्रदायकको सुची यहाँ पनि उपलब्ध छ ।

 

ज्यासन जुबो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com