डिभी लोटरी खारेज हुँदा सबैभन्दा घाटा नेपालीलाई


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

अमेरिकामा डिभी लोटरी खारेज हुने चर्चा ब्यापक छ । तर के तपाईलाई थाहा छ ? डिभी लोटरी खारेज भएमा त्यसको सबैभन्दा ठूलो असर एसियामा नेपालीहरुलाई पर्नेछ भने विश्वमा नै नेपाल र इजिप्ट जस्ता देशका नागरिकलाई पर्नेछ । किनभने डिभी लोटरीमार्फत अमेरिका आउनेमा नेपालीहरु केहीबर्षदेखि लगातार विश्वमै पहिलो र दोश्रो स्थानमा रहेका छन् ।

सन् २०१७ मा डिभी लोटरीमार्फत अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा र एसियामा त पहिलो नम्बरमा रहेको अमेरिकी सरकारले जनाएको छ । सन् २०१७ मा ३४५१ जना नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएका छन् । नेपालीहरुभन्दा धेरै इजिप्टका ३५७६ जनाले सन् २०१७ मा लोटरी पारेर डाइभर्सिटी भिसा प्राप्त गरेका छन् ।

यसअगाडिको विवरण हेर्दा पनि सन् २०१६ मा ३२१० जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । जुन विश्वमा नै सबैभन्दा धेरै हो । त्यस्तै सन् २०१५ मा ३३३२ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए । जुन विश्वमा दोश्रो र एसियामा पहिलो हो । सन् २०१५ मा पनि नेपालभन्दा धेरै इजिप्टका ३४३४ जनाले डाइभर्सिटी भिसा पाएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com