२०१७ मा डिभीबाट अमेरिका आउने नेपाली विश्वमै दोश्रो, कुल ३४५१


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

अमेरिकी सरकारकाको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०१७ मा डिभी परेर अमेरिकी भिसा पाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०१७ मा डिभी परेर अमेरिकी भिसा पाउने नेपालीहरुको संख्या ३४५१ रहेको छ । सन् २०१७ का लागि जम्मा ४ हजार नेपालीहरुलाई डिभी लोटरी परेको थियो ।

एउटा देशबाट कुल भिसा संख्या ५० हजारको ७ प्रतिशत अर्थात् झण्डै ३६ सयको हाराहारीमामात्र भिसा पाउने नियम रहेको छ । जसमध्ये नेपालले लगभग सबै भिसा संख्या प्रयोग गरेको देखिन्छ । सन् २०१७ मा डिभी लोटरी परेर अमेरिका आउनेहरुमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा रहेका छन् । नेपालीहरुभन्दा धेरै इजिप्टका ३५७६ जनाले लोटरी पारेर डाइभर्सिटी भिसा प्राप्त गरेका छन् ।

सन् २०१७ मा विश्वभरबाट कुल ४९ हजार ६७ जनाले डिभी लोटरी पारेर भिसा प्राप्त गर्न सफल भएका छन् । जसमध्ये एसियाबाट ७ हजार ५ सय १२ जना रहेका छन् । सन् २०१७ मा नेपालीहरुले एसियामा नै सबैभन्दा धेरै डिभी भिसा प्राप्त गरेका छन् । नेपालीपछि इरानका २ हजार ७० जनाले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । तेश्रोमा यमनका २ सय ६४ जनाले डाइभर्सिटी भिसा पाएका छन् भने एसियाका अन्य मुलुकका नागरिकहरु २ सय भन्दा कम रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com