काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट ६४४६ नेपालीलाई आप्रवासी भिसा


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

काठमाडौंमा रहेको अमेरिकी दूतावासले आर्थिक बर्ष २०१७ मा ६ हजार ४ सय ४६ नेपालीहरुलाई आप्रवासी भिसा जारी गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरु अमेरिकामा आएर ग्रिनकार्ड प्राप्त गर्नेगरी भिसा पाउनेहरु हुन् ।

उनीहरु डिभी लोटरी, पारिवारिक पिटिसन लगायतका माध्यमबाट अमेरिका आउनेहरु हुन् । उनीहरुमध्ये ६ हजार २ सय ४८ जनालाई नयाँ भिसा जारि गरिएको थियो भने १ सय ९८ जनाका भिसा पुनस्थापित गरिएको थियो ।

आर्थिक बर्ष सन् २०१७ मा विश्वभरबाट ५ लाख ७५ हजार ९ सय २ जनालाई आप्रवासी भिसा प्रदान गरिएको अमेरिकी सरकारले जनाएको छ । त्यसमध्ये मध्य र दक्षिण एसियाबाट ३२ हजार ३ सय ३७ जनाले आप्रवासी भिसा पाएका छन् । मध्य र दक्षिण एसियाका ११ वटा मुलुकहरुमध्ये अफगानिस्तान, बंगालादेश, भारत र पाकिस्तानपछि नेपालीहरुले सबैभन्दा धेरै आप्रवासी भिसा पाएका छन् ।

गतबर्ष ६ हजार ४ सय ८३ जना नेपालीहरुले काठमाडौंमा रहेको दूतावासबाट आप्रवासी भिसा प्राप्त गरेका थिए । तर यो बर्ष भने गत बर्षको तुलनामा आप्रवासी भिसा पाउने नेपालीहरुको संख्या घटेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com