पर्वतमा दिउँसो एक बजेदेखि मतगणना हुने


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, पर्वत पर्वतमा दिउँसो एक बजेदेखि मतगणना हुने भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएकाले ११ बजे सर्वदलीय बैठक बसेर दिउँसो एक बजेपछि मतगणना हुनेछ।

मतगणनास्थल जिल्ला अदालतमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ। तीन स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ। दुई कोठामा प्रत्यक्षतर्फ र एक ठूलो हलमा समानुपातिकतर्फको मतगणना हुनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com