रिसाउने बानीले छिट्टै मृत्युको मुखमा धकेल्छ


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

काठमाडौं, ११ मंसिर — हामीले गर्ने ससाना कामहरूले पनि हामीलाई छिट्टै मृत्युको मुखमा धकेलिरहेका हुन्छन् भन्ने थाहा पाउँदा तपाईं छक्क पर्नुहुन्छ होला ।

हालै अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानले धेरै रिस देखाउने मानिसको समयअगावै मृत्यु हुने देखाएको छ । मानिसहरूमा रिसको मात्रा बढ्नै जाने प्रवृत्तिमाथि वैज्ञानिकहरूले अध्ययन गर्दा शरीरमा यसले देखाउने दुष्परिणाम पत्ता लाग्यो ।

आयोवा स्टेट युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार, क्रोधी मानिसको मृत्यु रिस नगर्नेभन्दा डेढ गुणा चाँडो हुने देखिन्छ । रिस गर्ने व्यक्तिको शरीरमा अनेक किसिमका खतरनाक परिवर्तन देखिन्छन् जसमा स्ट्रेसदेखि अनेकौं मनोरोग पनि पर्छन् ।

रिस व्यक्त गर्दा शरीरमा तीव्र गतिका साथ अड्रेनलिन बग्छ । तर स्ट्रेस र टेन्सनका बेलामा अड्रेनलिन बढ्दा डीएनए खराब हुन्छ । त्यसले ज्यानै लाने बिरामी र मृत्यु निम्त्याउँछ ।

धेरै रिसाहा मानिसलाई राम्रो निद्रा पनि लाग्दैन । रिसका कारण दिमाग सक्रिय रहने हुँदा निद्रा लाग्न नपाएको हो ।

क्रोधी मानिसलाई टाउको दुख्ने समस्या पनि हुन्छ । रिसाउँदा शरीरमा स्ट्रेस हर्मोन कोर्टिसोलका साथै अड्रेनलिन र टेस्टोस्टेरोन पनि बढ्छ ।

हार्वर्ड स्कूल अफ पब्लिक हेल्थले गरेको अनुसन्धानअनुसार, रिस गर्ने मानिसको फोक्सो नगर्नेको भन्दा बढी बिग्रन्छ ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com