अमेरिका र कोरियाका उच्च आणविक अधिकारी भेटवार्ता


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ ।

दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको प्रदर्शन र यसका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न समस्याका विषयमा कुराकानी भएको थियो ।

दक्षिण कोरियाको विदेशमन्त्रालयले जनाएअनुसार कोरियाली प्रायद्वीपका विषयमा दक्षिण कोरियाका विशेष दूत लि दु हुन र उक्त क्षेत्रका लागि अमेरिकी विशेष दूत जोसेफ युनबीच सो भेटवार्ता भएको छ ।

दक्षिण कोरियाको दक्षिणी एक प्रसिद्ध रिसोर्ट जिउ आइल्याण्डमा जारी रहेको संयुक्त राष्ट्रसंघीय आणविक अप्रसार सन्धीका विषयमा जारी सम्मेलनकै क्रममा भेटवार्ता भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

कोरियाली प्रायद्वीपमा जारी पछिल्लो समयको तनाव र उत्तर कोरियाको आणविक कार्यक्रमका विषयलाई लिएर हालै विश्वका विभिन्न छ शक्ति राष्ट्रका प्रतिनिधि सम्मिलित एक समिति बनेको छ ।

सोही समितिका तर्फबाट उहाँहरुको यो भेटवार्ता भएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com