तयार भयो कृत्रिम मिर्गौला, परीक्षण सफल भए प्रत्यारोपण थालिने


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

कात्तिक ३० एजेन्सी– अमेरिकि वैज्ञानिकहरुले प्रत्यारोपण गर्न मिल्ने कृत्रिम मिर्गौला तयार गरेका छन्। क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले वास्तविक मिर्गौलालेजस्तै काम गर्न सक्ने र प्रत्यारोपण गर्न मिल्ने कृतिम मिर्गौला तयार गरेर मिर्गौला फेल भएका बिरामीहरुमाथि परीक्षण गर्न लागेका हुन्।

अनुसन्धानकर्ताहरुको परीक्षण सफल भए मिर्गौला फेल भएका बिरामीले डायलासिसको झन्झट बेहोर्नुनपर्ने र मिर्गौलादाता खोज्नुनपर्ने अनुसन्धानकर्ताहरुको दाबी छ। मिर्गौला प्रत्यारोपणको सफलता उच्च दरमा छ। प्रत्यारोपण गरिएका ९३ प्रतिशत मिर्गौला एक वर्षपछि काम गरिरहेको पाइन्छ भने ८३ प्रतिशत मिर्गौलाले तीन वर्षपछिसम्म काम गरिरहेको देखिन्छ।

अमेरिकामा वार्षिक २५ हजार जनाले मिर्गौला प्रत्यरोपण गर्ने तथ्यांक छ। डायलासिस गरेका बिरामीहरुको आयुक ५ देखि १० वर्षसम्म हो। कृतिम मिर्गौला डायलासिसको विकल्प रहेको प्राध्यापक सुभो रोय बताउँछन्।ुप्रत्यारोपण गर्न मिल्ने कृत्रिम मिर्गौला डायलासिसको विकल्प हो यसले बिरामीलाई डायलासिसको झन्झटिलो प्रक्रियाबाट छुटकारा दिन्छ,ु रोय भन्छन् ।

मिर्गौला दान गर्नेहरुको संख्या कम भइरहेको अवस्थामा यो परीक्षण सफल भए धेरैको ज्यान बच्ने अनुसन्धानकर्ताहरु बताउँछन्। ुमिर्गौला फेल भएका विरामीहरुलाई वास्तविक मिर्गौला प्रत्यारोपणनै उत्तम विकल्प हो तर मिर्गौला दान गर्ने मानिसहरु हतपत फेला पर्दैनन्। फेला परिहालेपनि उनीहरुले लामो समयसम्म औषधि सेवन गरेपछि मात्रै प्रत्यरोपण गरिएको मिर्गौलाले काम गर्छ कृत्रिम मिर्गौला प्रत्यरोपण गर्दा औषधी समेत सेवन गर्नुपर्दैन, रोय भन्छन्।

कृत्रिम मिर्गौलाले कसरी काम गर्छ रु

कृत्रिम मिर्गौला प्रत्यारोपण गर्दा ट्युब राख्नुपर्दैन। शरीरको रक्तचाप अनुसारनै यसले काम गर्ने भएकाले ट्युबको आवश्यका नपरेको हो। सिलिकन नानो प्रविधिमा आधारित कृत्रिम मिर्गौला स्वस्थकर छ भने रगत समेत मजाले फिल्टर गर्ने अनुसन्धानकर्ताहरुको दाबी छ। मोलिकुलर कोटिङ प्रविधि भएकाले रगत समूह अनुसारकै मिल्ने गरी मिर्गौला प्रत्यरोप गर्न सकिन्छ। ुहेमो फिल्टर प्रविधि हुने भएकाले रगतलाई फिल्टर गरेर टक्सिनलाई कृत्रिम मिर्गौलाले सहजै सोस्छ, प्राध्यापक रोय भन्छन् ।
स्रोत ः स्वास्थ्य खबरपत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com