२६५० भित्र केस नम्बर हुने डिभी विजेता नेपालीलाई जनवरीमा भिसा


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

आर्थिक बर्ष सन् २०१८ को लागि डिभी लोटरी परेका र २ हजारसम्म केस नम्बर हुने नेपालीहरुले डिसेम्बरमा अमेरिकाको भिसा पाउने भएका छन् । उनीहरुले अमेरिकामा आएर ग्रिनकार्ड पाउनेगरी भिसाका लागि प्रकृया थाल्न सुचित गरिएको छ ।

त्यस्तै २६५० सम्म केस नम्बर हुने नेपालीहरुले भने आगामी जनवरीमा भिसा प्राप्त गर्नेछन् । डिभीका लागि सबै योग्यता पूरा भएको खण्डमा दूतावासले उनीहरुका लागि अन्तरवार्तापछि भिसा जारी गर्छ ।

नोभेम्बर महिनामा भने १४ सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुको भिसा प्रकृया भइरहेको छ । यसअगाडि अक्टोबरमा ७५० सम्म केस नम्बर हुने नेपालीहरुलेमात्र भिसा पाएका थिए ।

सन् २०१६ को अक्टोबरमा डिभी भरेर लोटरी पारेकाहरुले सन् २०१७ को अक्टोबरबाट भिसा पाउन थालेका हुन् । अहिले डिभी लोटरी भरिरहेकाहरुले डिभी परेमा सन् २०१८ को अक्टोबरबाट भिसा पाउन सुरु गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com