डिभी लोटरी भर्ने म्याद अब एकसातामात्र बाँकी, अन्तिमसम्म नकुर्न सुझाव


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र रहेको छ ।  सम्भवत यो नै अन्तिम डिभी लोटरी हुनेछ । त्यसैले अन्तिम पटक मौकाको फाइदा लिन नभुल्नुहोला । निश्चित मापदण्ड पूरा भएमा अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले पनि भर्न सकिन्छ ।

डिभीका नियममा यसबर्ष थप कुनै परिवर्तन नगरिएतापनि डिभी लोटरी भर्नका लागि अन्तिम समय सम्म नकुर्न अमेरिकी सरकारको विदेशमन्त्रालयले सुचित गरेको छ । अन्तिम समयसम्म कुर्दा कम्प्युटर ओभरलोड भई ढिलाई हुने र आवेदन दर्ता नहुने सम्भावना समेत रहने भएकाले डिभी लोटरीका लागि अन्तिम समयसम्म नकुर्न सुचित गरिएको हो ।

डिभी लोटरी भर्न यो लिंकमा क्लिक गर्नुहोला ।

अमेरिकी पूर्वीय समय अनुशार बुधबार अक्टोबर १८ को मध्यान्हबाट डिभी लोटरी पुन खुलेको हो भने नोभेम्बर २२ सम्म डिभी लोटरी भर्न सकिने जनाइएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com