क्यालिफोनिया आमहत्या पाँचको मृत्यु


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

क्यालिफोनियाको रन्चो तेहामा नामक एक प्राथमिक विद्यालयनजिकै मङ्गलबार भएको आमहत्यामा पाँच व्यक्तिको मृत्यु भएको छ ।

एक बन्दुकधारीले गरेको जथाभावी गोलाबारीमा परी ती व्यक्तिहरुको मृत्यु भएको बताइएको छ । स्थानीय एक टेलिभिजनका अनुसार विद्यालयको नजिकै अचानक ती व्यक्तिले गोली प्रहार गर्न शुरु गरेका थिए । यद्यपि यस घटनाका आक्रमणकारी प्रहरीको कारबाहीमा मारिएका छन् ।

Police examine a vehicle that was involved in the string of shootings in Rancho Tehama

स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे भएको यस घटनामा पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १० घाइते भएका थिए । घाइते हुनेमा दुई जना बालबालिकासमेत रहेको जनाइएको छ । यस आक्रमणमा मारिएका व्यक्तिमा बालबालिका भने नरहेका जनाइएको छ ।

Officers stand near one of the crime scenes of the shooting

प्रान्तीय राजधानी सक्रामेन्टोबाट करिब १९४ किलोमिटर टाढा रहेको ग्रामीण क्षेत्रमा सो घटना भएको थियो ।

विद्यालयनजिकै भएको यस हत्याको आवाजको प्रहरीले सुनेपछि तत्काल त्यस स्थानमा पुगेको बताइएको छ । सक्रामेन्टो बी समाचारपत्रका अनुसार आक्रमणकारी ४३ वर्षका रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com