यसरी मैदान ढोगेर सन्यास लिए कप्तान गुरूङले (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरूङले अन्तर्रा्ष्ट्रिय खेलबाट सन्यास लिएका छन् । फिलिपिन्सविरुद्धको खेलमा नेपालको जर्सीमा आफ्नो ५० औं क्याप पूरा गर्दै अनिलले सन्यास लिएका हुन् । सब्सटिच्युट खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका गुरुङलाई खेलपछि अखिल नेपाल फटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले कोट लगाएर विदाई गरेका थिए ।

अनिल सन् २००७ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनी नेपाली राष्ट्रिय फुटबल टोलीका १५ औं कप्तान हुन् । दुई वर्षअघि भारतमा भएको साफ च्याम्पियनसिपमा उनी कप्तान बनेका थिए ।

अनिलकै कप्तानीमा गत वर्ष नेपाली टिमले बंगबन्धु गोल्डकप र मलेसियामा सोलिडारिटी कप जित हात पारेको थियो । उनले ९ वटा अन्तर्रा्ष्ट्रिय गोल गरेका छन् । सन्यासको घोषणापछि मैदानबाट बाहिरिनु अघि उनले मैदानको बीच भागमा ढोगेर विदा भएका थिए ।
उनलाई समकक्षी र प्रशिक्षकले उचाल्दै सम्मानका साथ विदाइ गरेका थिए । गुरूङले अन्तर्रा्ष्ट्रिय खेलबाट सन्यास लिएपनि आफू फुटबलबाट टाढा हुन नसक्ने बताए । अखिल नेपाल फुटबल संघ ९एन्फा० अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले कप्तान गुरुङलाई सम्मानसहित विदाइ गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com