‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु, अनलाइनबाटै नृत्यको भिडियो पठाउन सकिने


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

दुनियाँ नचाउने अभियान ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु भएको छ । प्रतियोगीता सुरु भएसंगै प्रतिष्पर्धीहरुका नृत्य समेत आउन थालेका छन् ।  गायक आचार्यका घिनघिन बज्यो मादल र मेरो स्टाईल यस्तै छ बोलको गीतमा कुनै एउटा गीतमा नृत्यु गर्न सकिने छ । यो प्रतियोगीता अन्तर्गत पहिलो हुने समुहले २ लाख पुरस्कार तथा अष्ट्रेलिया भ्रमणको अवसर पाउने छन् भने दोस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेप्रतियोगीता आयोजक युएसखबर मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत किशन रेग्मीले खसोखासलाई जानकारी दिएका छन् ।

गीतमा नृत्य गरेको भिडियो खिचेर पठाउनु पर्ने यो प्रतिष्पर्धामा सोही भिडियो नृत्यलाई हेरेर निर्णायक हरुले निर्णय लिने छन् । प्रतियोगीहरुले आफ्नो भिडियो गुगल ड्राइभमार्फत [email protected] मा इमेल गरेर पठाउन सक्नेछन् । प्रतियोगीताको निर्णायकमा नायिका प्रियंका कार्की , नृत्य निर्देशन गम्भिर बिष्ट, गजित बिष्ट, नायक पृथ्वीराज प्रसाई र बिबेक सिंह ठकुरी छन् । प्रतियोगीता नोभेम्बर १ देखि सुरु भैसकेको छ । आयोजकले प्रतियोगीतामा भाग लिन ईच्छुकहरुलाई सहभागीताका लागि अनुरोध समेत गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com