देशनिकाला गरिएका युवा पुन अमेरिका छिर्न खोज्दा पक्राउ


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

अमेरिकाबाट देशनिकाला गरिएका एकजना २३ बर्षका युवा पुन गैरकानुनी रुपमा अमरिका छिर्न खोज्दा सिमाक्षेत्रमा पक्राउ परेका छन् । ९ बर्षको उमेरमा अमेरिका आएका ती युवा १४ बर्षको अमेरिका बसेपछि यसैबर्ष देशनिकालामा परेका थिए । उनी अमेरिकाबाट देशनिकालामा परेका डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल डाकाप्राप्त पहिलो व्यक्तिहुन् । उनी मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्दा गत सोमबार पक्राउ परेका हुन् ।

मेक्सिकोका २३ बर्षीय हुआन मोन्टेस बाल्यकालमा नै गैरकानुनी रुपमा अमेरिका आएर अमेरिकामा नै अध्ययन गरिरहेका थिए । डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल डाकाप्राप्त उनलाई गत फरबरीमा देशनिकाला गरिएको थियो । १४ बर्षदेखि अमेरिका बस्दै आएका उनी फरबरी १९ मा क्यालिफोर्नियामा साथीहरुसँग डिनर गरेर घरजान खोज्दा अमेरिकी अधिकारीहरुले पक्राउ गरेका थिए । उनले परिचय खुल्ने कागजात देखाउन नसकेपछि उनलाई अधिकारीहरुले केही घण्टा बयान लिएर कुनै पेपरवर्क विना नै मेक्सिको पठाएका थिए ।

त्यसको भोलिपल्टै उनी मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्दा पुन पक्राउ परेर मेक्सिको नै फिर्ता पठाइएका थिए । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भने उनी मेक्सिको डिपोर्ट भएको कुनै रेकर्ड आफूसँग नभएको र मोन्टेसले आफूखुशी सिमा पार गरेर मेक्सिको गएका कारण डाका स्टेटस गुमाएको दावी गर्दै आएको छ । मोन्टेस सन् २०१४ मा डाकाका लागि योग्य भएका थिए भने सन् २०१६ मा उनले दुईबर्षका लागि डाका रिन्यु गरेका थिए ।

उनलाई क्यालिफोर्नियाको क्यालेक्सिको नजिकै हिराशतमा राखिएको छ । मोन्टेसले गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्न खोज्दा सिमा सुरक्षा गस्तीले पक्राउ गरेको थियो । सुरुमा उनी २०० मिटर जति भागेपछि भूईमा लडेका थिए । त्यसपछि पुन उठेर भाग्न खोज्दा मोन्टेस पक्राउ परेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com