बिश्वप्रसिद्ध क्यानाडाको सांगीतिक प्रतिस्पर्धामा अमेरिका निवासी १७ बर्षिय अभि


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

-बासुदेव भट्टराई /नर्थ क्यारोलाइना

क्यानाडाको टोरन्टोमा हुन गईरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा अमेरिकाको नर्थ क्यारोलाईना बस्दै आएका १७ बर्षिय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस) छनौटमा परेका छन । नोभेम्बर ९ देखि ११ मा हुन गईरहेको उक्त प्रतिस्पर्धामा बिश्वका बिभिन्न मलुकका ६४ जना म्युजिक कम्पोजरहरु छनौटमा परेका छन ।

प्रतिस्पर्धिहरुले उक्त अवार्ड जित्नका लागि बिभिन्न चरणहरुमा  १५ वटा सांगितिक प्रस्तुति गर्नुपर्नेछ । साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा हुनलागेकोे उक्त प्रतियोगिता सांगितिक क्षेत्रका प्रतिभा पहिचाहनको लागि कोसेढुंगा मानिन्छ ।

आयोजकहरुले जनाए अनुसार बिगतमा यस प्रतियोगिताबाट छनौट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेका छन ।

संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रिेलिया, अफ्रिका लगायत बिश्वका बिभिन्न मुलुकका म्युजिक कम्पोजरहरुसंगै नेपाली मुलका बस्ताकोटी छनौटमा परेका हुन । उक्त प्रतियोगितामा छनौटमा परेका नेपाली मुलका उनी पहिलो ब्यक्ति हुन ।

बिगत दुइबर्षदेखि सांगितिक क्षेत्रमा लागेका उनले पाश्चात्य संगितको क्षेत्रमा (खास गरी हिपहप र आर एण्ड बि म्युजिक) मा हस्तक्षेपकारी भुमिका निबार्ह गर्दै आएका छन् । उनको संगितमा अमेरिका, क्यानाडा, बेलायत लगायतका गायक गायिकाहरुले स्वर भरेका छन । उनले सन् २०१५ मा क्यानाडाको क्यालगिरिमा भएको बिट ब्याटलस्स प्रतियोगितामा पनि अवार्ड प्राप्त गरेका थिए । उनको सांगितिक यात्राका बारेमा बिश्व प्रसिद्ध कम्प्लेक्स म्यागाजिन, हिपहप क्यानाडा, गुड जुस बक्स लगायत पत्रिकाहरुमा पनि बारम्बार प्रकाशित भएका छन् ।

बस्ताकोटीका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com