सहकार्य र संस्कृतीक प्रबर्धनका लागि धादिङ समाज अमेरीका गठन


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

 

न्यूयोर्क,

जन्म दिने आमा र जन्मभुमि प्राणभन्दा प्यारो हुन्छ भन्ने भनाइलाई आत्मसात गर्दै अमेरीकामा बसोवास गरिरहेका धादिङ जिल्लाबासीहरुको प्रयासमा धादिङ समाज अमेरीका औपचारिक रुपमा गठन भएको छ । नेपालकोे धादिङ जिल्लामा जन्मिएर अमेरीकालाई कर्मथलो बनाएका व्यक्तिहरुको २९ अक्टोवरमा न्यूयोर्कमा बसेको भेलाले समाजको औपचारिक गठन गरेको हो । विभिन्न प्रयोजनार्थ संयुक्त राज्य अमेरीकामा रहेका सम्पूर्ण जिल्लाबासीलाई एउटै मालामा समेट्ने उद्देश्यका साथ बसेको भेलाले अमेरीकी जिवनशैलीमा नवआगन्तुकलाई आइपर्ने समस्या र सो निराकरणका लागि प्रभावकारी कार्यक्रम संचालन गर्ने, जिल्लाको समाजीक तथा आर्थिक अभियानमा यथासक्य हातेमालो गर्ने, अमेरिकाभरका धादिङगेहरुको संजाल निर्माण गरि आपसि सहयोग र सद्भाव अभिबृदि गर्दै्र, मौलीक कला, संस्कृतीको प्रबर्धन गर्ने उदेश्य समाजले बोकेको छ । “आपसी एकता र सद्भावबृदिको लागी समाजको गठन गरिएको हो ।” एक अभियन्ता नवराज के.सीले भने ।

भेलाले १५ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । जसमा नवराज के.सी, राजन गौली, अकुर लुइटेल, टक बहादुर रुवाली, अकुर लुइटेल, रंजित गौली, दिवाकर पाण्डे रहेका छन् । त्यसै गरि भक्त बहादुर गुरुङ, रमा खतिवडा, अमृत अर्याल, बिकास कंडेल, नविना अधिकारी, उर्मिला श्रेष्ठ, राज कुमार श्रेष्ठ, रामेश्वर बुर्लाकोटी र राम मल्ल ठकुरी रहेका छन् । ज्याक्सन हाइट्मा आयोजीत भेलामा ३ दर्जन सहभागी उपस्थित थिए ।
यस्तै पहिलो भेलाले संस्था दर्ताको प्रकृया अघी बढाउने जिम्मा तर्दथ समितिलाइ दिएको छ । गैरनाफा मुलक, गैरराजनीतिक, प्रकृतीको संस्था रहने र यसले विभिन्न जातजाती, बर्ण, धर्म र समुदायका पवित्र फुलवारी रहनेसंस्थाका सदस्य एवं संचारकर्मी अकुर लुइटेलले जनाए ।


संगठनलाई न्यूयोर्क बाहिरका राज्यहरुमा बिस्तार गर्दै सदस्यता बढोत्तरी गर्न, धादिङ समाजलाई उदाहरणिय एवं पृथक बनाउन र आर्थिक रुपमा संस्थालाई सुदृढ बनाउने सवालमा प्रभावकारी योजनाहरु पहिचान गर्नको लागी तदर्थ समिति गठन गरिएको सदस्य नवराज के.सी.ले बताए ।
संस्थाका पदाधिकारिहरुको टुंगो आगामी आइतवार बस्ने बैठकले लगाउने छ ।
जिल्लाबाट आएका नव आगन्तुक सदस्यलाई गतिशिल अमेरीकी श्रम बजारमा काम पाउन गाह्रो हुने र अनेकन समस्याहरु भोग्नुपर्ने बिद्यमान अबस्थामा नवगठित समाजले आबश्यक परामर्शसहित भौतिक, मानसिक एवं क्षमता अनुसारको रोजगारीका लागी सहजीकरण गर्ने समाजका सदस्य तथा संचारकर्मी अकुर लुइटेलले बताए । भेलाले आउँदो मे २०१८ मा पहिलो साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com