बशन्तपुर दरवार क्षेत्रमा पुननिर्माण तीब्र (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

दुई वर्ष अगाडिको भूकम्पले नेपालमा भएका सांस्कृतिक र ऐतिहासिक महत्वका धेरै सम्पदामा क्षति पुर्याएको थियो । त्यही भूकम्पको क्षतिले उठ्न नसकेको बसन्तपुर अब बिस्तारै उठ्ने तयारी गर्दैछ । चाइना एड र अमेरिकन राजदूतको सहयोगमा बसन्तपुर दरबार क्षेत्रले पूर्णता पाउन लागेको हो । पुननिर्माण कार्य ५ वर्ष भित्र सम्पन्न गर्ने उदेश्यका साथ काम भइरहेको छ ।

 

 

कतिपय पुरातात्विक सम्पदाहरू भूकम्पपछि तस्बीरमामात्र भेटिने अवस्थामा छन् । सम्पदा पुनर्निर्माणको काममा ढिलासुस्ती भइरहेको जनगुनासो व्याप्त रहे पनि पछिल्लो समय कामले तीव्रता लिएको छ । सम्पदा सूचिमा परेका र पुननिर्माण भइरहेका सम्पदामा पाटन दरबार क्षेत्रमा २८, बसन्तपुर दरबार क्षेत्रमा १२, भक्तपुर दरबार क्षेत्रमा १९, स्वयम्भु क्षेत्रमा ४, पशुपति क्षेत्रमा २१, चाँगुनारायण क्षेत्रमा ५ सम्पदाहरू पुनर्निर्माण भइरहेका छन् ।

पाँच बर्षभित्र सबै सम्पदाको पुनर्निर्माण गरीसक्ने उद्देश्य सरकारको भए पनि पूर्ण क्षति भएका र ठूला खालका सम्पदाको पुनर्निर्माण हुन ६ देखि ८ बर्ष लाग्ने विभागको अनुमान छ । अधिकांश सम्पदा पुरानै डिजाइनमा निर्माण गरीने भए पनि प्रयोग गर्ने सामग्री केही फरक पर्न सक्ने देखिन्छ । यी सम्पदाहरू निर्माणका लागि चीन र भारतबाट सामान ल्याइको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com