यस्तो भयो केपी ओलीको तिहार, चुनावकै चिन्ता (भिडियो)


प्रकाशित मिति : कार्तिक ४, २०७४ शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियान सफल पार्न सबैमा आह्वान गर्नु भएको छ ।

अध्यक्ष ओलीले निर्वाचनमा कहीँकतैबाट पनि व्यवधान आउन नदिन सचेत हुनुपर्नेमा बताउनुभयो । शनिबार आफ्नै निवास बालकोटमा बहिनीहरु कौशल्या कोइराला र विष्णुमाया ढकाल तथा भान्जीहरु देवका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट भाइटीका ग्रहण गरेपछि संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सफल पार्न सबैमा आह्वान गर्नु भएको हो ।

अध्यक्ष ओलीले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने दायित्व पूरा गर्न सरकारको पनि ध्यानाकर्षण गराउनु भयो ।

अध्यक्ष ओलीले त्यस अवसरमा तिहार, आउँदै गरेको छठ पर्वको पनि शुभकामना दिनु भयो । उहाँले भाईटीकालाई आफूले दिदीबहिनीसँगको आत्मीयता साटासाट गर्ने पर्वको रुपमा लिने गरेको पनि स्पष्ट पार्नुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com