पुन खुल्यो डिभी लोटरी, गतसाता भरेकाले पुन भर्नुपर्ने, अन्तिम म्याद नोभेम्बर २२


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

अमेरिकी डिभी लोटरी प्रणालीमा प्राविधिक गडबडी आएपछि बन्द भएको डिभी लोटरी पुन खुलेको छ । नेपाली समय अनुशार आज राती पौने १० बजे डिभी लोटरी पुन खुलेको हो । डिभी लोटरी पुन खुलेसँगै अक्टोबर ३ देखि १० सम्म डिभी भरेकाहरुले पुन भर्नुपर्ने भएको छ । किनभने सन् २०१९ का लागि अक्टोबर ३ देखि १० सम्म भरिएका डिभी लोटरीका सबै आवेदनहरु रद्द गरिएको छ । प्राविधिक गडबडी आएपछि अमेरिकी सरकारले डिभी लोटरीका लागि नयाँ मिति तोकेको छ ।

डिभी लोटरी भर्न यो लिंकमा क्लिक गर्नुहोला ।

अमेरिकी पूर्वीय समय अनुशार बुधबार अक्टोबर १८ को मध्यान्हबाट डिभी लोटरी पुन खुलेको हो भने नोभेम्बर २२ सम्म डिभी लोटरी भर्न सकिने जनाइएको छ । अक्टोबर ३ देखि १० सम्म डिभी लोटरी भरेकाहरुको आवेदन वैधानिक नमानिने भएकाले उनीहरुले पुन डिभी लोटरी भर्न सक्ने जनाइएको छ । अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म भरिएका डिभी लोटरीका आवेदनमात्र स्वीकृत गरिने भएकाले अक्टोबर ३ देखि १० सम्म आवेदन भरेकाहरुलाई कन्फर्मेशन नम्बर र अन्य कागजात मिल्काउन अमेरिकी सरकारले सुझाव दिएको छ ।

प्राविधिक गडबडी आएपछि डिभी लोटरी भर्ने समय पनि बढाइएको छ । यसअगाडि नोभेम्बर ७ सम्ममात्र डिभी लोटरी भर्न सकिने जनाइएको थियो । अब भने दुई साता थपिएको छ ।

डिभी लोटरी भर्ने अमेरिकी सरकारको वेवसाइटमा अक्टोबर १० देखि गडबडी आएको थियो । न्युयोर्क समय अनुशार अक्टोबर १० को दिउसो ३ बजेर २० मिनेट जाँदा वेवसाइटमा खराबी आएको थियो । डिभी लोटरीको प्रणालीमा यस अगाडि पनि गडबडी आएको थियो । सन् २०१२ को डिभी लोटरीको परिणाममा गडबडी आउँदा परिणाम नै पुन प्रकाशन गर्नुपरेको थियो । सन् २०१२ का लागि डिभी भरेकाहरुमध्ये सुरुका दुई दिनमा भरेकाहरुमात्र छनौट भएपछि रिजल्ट नै खारेज गरेर पुन नयाँ रिजल्ट निकालिएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com