निर्वाचन सार्न षड्यन्त्र: गृहमन्त्री


प्रकाशित मिति : आश्विन ३१, २०७४ मंगलबार

गृहमन्त्री जनार्दन शर्माले निर्वाचन सार्ने ‘षड्यन्त्र’ भइरहेको भन्ने सूचना निर्वाचन आयोगमार्फत आफूहरुले पाएको बताएका छन्।

मंगलबार सरकार छाड्ने निर्णयमा आफूहरु पुगेपनि त्यस्तो सूचना पाएपछि आफूहरु तत्काल मन्त्रिपरिषद्बाट नबाहिरिने निचोडमा पुगेको उनले पत्रकारहरुलाई बताए।

प्रपञ्च

गृहमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले भने, “सरकार छाड्ने भनेर मस्यौदा तयार गरेर हस्ताक्षर गर्नै लाग्दा निर्वाचन सार्ने प्रपञ्च भइरहेको भन्ने सूचना निर्वाचन आयोगबाट पायौं, त्यसैले तत्काल सरकार नछाड्ने भयौं”।

तर कसले निर्वाचन सार्न लागेको हो भन्ने बारेमा चाहिं उनले प्रष्ट रुपमा खुलाएनन्।

उनले भने, “यदि चुनाव गर्ने सुनिश्चितता हुन्छ भने हामी सरकार छाड्न पनि तयार छौं भनेर त्यही अनुसार तयारी गरेका हौं। अब प्रपञ्च हुन लागेको थाहा भएपछि चुनाव सुनिश्चित गर्नका लागि भएपनि हामी सरकार छाड्दैनौं”।

प्रतिक्रिया

गृहमन्त्रीको पछिल्लो टिप्पणीका सम्बन्धमा माओवादी केन्द्रको सहभागिता र समर्थनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाबाट कुनै प्रतिक्रिया आइसकेको छैन।

निर्वाचन आयोगबाट सूचना पाएको भन्ने एक प्रमुख दलका नेता तथा बहालवाला गृहमन्त्रीको भनाइबारे उक्त आयोगले पनि आफ्नो धारणा सार्वजनिक गरिसेकको छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com