एनएजीसी अन्तराष्टिूय पत्रकारिता पुरस्कार प्रख्यात टेलिभिजन एंकर किरण मरहट्ठालाइ


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

एकहजार डलर राशी रहेको एनएजीसी अन्तराष्टिूय पत्रकारिता पुरस्कार प्रख्यात टेलिभिजन एंकर किरण मरहट्ठालाइ प्रदान गरिएको छ । राजधानीमा बुधवार आयोजीत पुरस्कार वितरण समारोहमा मरहट्ठाका प्रतिनीधिलाइ नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रमाणपत्र, टूफि र चेक हस्तान्तरण गर्नुभयो ।
नेपाल विश्व सहयोग संघ(एनएजीसी), अमेरिका र जनसवाल पब्लिकेशन, नेपालले संयुक्त रुपमा प्रदान गर्न यो पुरस्कार एनएजीसीका अध्यक्ष मणिनेपाली पनेरुले आफ्नी आमा दिलकुमारि पनेरु खनालको स्मृतीमा स्थापना गर्नुभएको हो । पत्रकारितामार्फत विशिष्ठ योगदान दिएका, अन्तराष्टिूयरुपमा प्रतिष्ठित एकजना पत्रकारलाइ हरेक बर्ष यो पुरस्कार प्रदान गर्ने गरिन्छ । मरहट्ठालाइ उत्कृष्ट टेलिभिजन एंकरको रुपमा यो पुरस्कार दिएको एनएजीसीको वेभसाइटमा उल्लेख छ । अमेरिकाको क्यालीफोर्नियामा मुख्यालय रहेको एनएजीसीको विश्वभर ३५ वटा देशमा शाखाहरु छन् । मानवअधिकार, प्रेसस्वतन्त्रता र संस्कृती संरक्षणको क्षेत्रमा क्रियाशिल यो संस्थाका अध्यक्ष पनेरुलाइ गतबर्ष समाजसेवामा उत्कृष्ट कार्य गरेबापत अमेरिकामा प्रसिडेन्ट भोलेन्टियर्स अवार्ड प्राप्त गरेको थियो ।


बुटवल एफएमबाट प्रशारण पत्रकारिता सुरु गरेका किरण मरहट्ठा हाल अमेरिकामा पत्रकारिता गरिरहेका छन् । एबिसी टेलिभिजनमा संचालन गरेको कार्यक्रम एविसी बाच, क्रसचेक र नागरिक संवाद जस्ता कार्यक्रमहरु अत्याधिक लोकप्रिय कार्यक्रम हुन् । समसामयीक राजनीतिक विषयमा सयौँ सफल कार्यक्रम संचालन गरेका उनले अमेरिका पुगेपछि,बदलिदो अमेरिकी आप्रवासननीति, नेपाल अमेरिका सम्बन्ध, नेपालीअमेरिकी समुदायको अवसर र चुनौति, कूटनीतिक नियोगको भूमिका, अमेरिकामा दक्षिण एशीयाली समुदायको योगदान, भूटानीको अवस्था, नेपाली मिडियाको अमेरिकामा विस्तार लगायतका विषयमा दर्जनौँ उत्कृष्ट टेलिभिजन कार्यक्रम निर्माण गरेका छन् । उनले अमेरिकी कांग्रेसम्यान जोसेफ क्राउलीसंग नेपाल अमेरिका सम्बन्धको बारे लिएको अन्तर्वाताले सर्वाधिक चर्चा कमाएकोे थियो जसलाइ दुइदर्जन भन्दा बढि मिडियाहरुले साभार गरेका थिए । उनि समसामयीक विषयमा दैनिक टेलिभिजन सो गर्न एंकर हुन् । उनका कार्यक्रमहरुले मिडिया र आर्थिक, समाजीक तथा राजनीतिक जीवनमा उत्कृष्ट योगदान दिएका छन् । मरहट्ठाको टेलिभिजन कार्यक्रम निर्माण र प्रस्तुतीसंग सम्बन्धीत ूद होपू र ूमिडिया इन मासू नामक पुस्तकहरु प्रकाशित छन् । ति पुस्तकहरुलाइ विभिन्न कलेज तथा प्रशिक्षण संस्थाहरुले सहयोगी समाग्रीको रुपमा उपयोग गरेका छन् । टेलिभिजनकर्मीको अलावा मरहट्ठा सफल वृत्तचित्र निर्देशक समेत हुन् । उनको मेसी द म्यान एट बार्सा नामक डकुमेन्टिू नेपाल अमेरिका अन्तराष्टिय चलचित्र महोत्सव अमेरिका, उल्फ फिल्म फेस्टिभल लिथुवानिया लगायत विश्वका विभिन्न फिल्म फेस्टिभलहरुमा सहभागी भएको छ । उनले निर्माण गरेको अर्काे डकुमेन्टूी ूलिडिंग लायन टु एक्सेलू हालै अमेरिकामा प्रदर्शन गरिएको छ जसमा उनले प्रथम नेपाली अमेरिकन लायन गर्भनर राजेन थापाको संधर्षको बयान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com