उज्ज्वल ठकुरी “गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” बाट सम्मानित


प्रकाशित मिति : आश्विन २१, २०७४ शनिबार

 

 

विजय थापा

अमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार थियो ।

यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसन द्वारा ९३ जना ख्याती प्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो । यो प्राप्त लगतै उज्ज्वल ठकुरीले “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” राख्दै देशको नाम उच्च स्थानमा पुर्याएका छन् ।

उनले गिनिज बुकमा रहेको भ्यानडम शैली द्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० के.जी. को रेकर्डलाई तोडेर ६३.५८ के.जी. उठाई नयाँ विश्व रेकर्ड कायम गरि आफ्नो नाम सदाको लागी ” गिनिज बुक अफ वोर्ल्ड रेकर्ड ” मा लेखाउन सफल भएका छन् ।

यो विश्व रेकर्ड कायम गर्न विशेष गरि साथ दिनु हुने एचकेलि ताईक्वान्दोसंचालक ग्राण्ड मास्टर एचकेलि अन्तरराष्ट्रियका प्रशिक्षक ६ डान मास्टर कृष्ण बहादुर बलाल, ७ डान मास्टर साङ् इल् ह्वाङ, प्रशिक्षक ३ डान राष्ट्रिय खेलाडी रसद मेलोर तथा हाइ रेड बेल्ट मास्टर जेस्म ए रोल्लिङ जुनियर र दुई सानो ब्लाक बेल्टलाई पनि हृदय देखि धन्यवादको साथसाथै अर्को सहयोगी परिवार लि वूद एशोसियसन परिवारलाई पनि धन्यवाद ज्ञापन दिएका छन् ।

ठकुरीको जन्म काठमाडौंमा ४२ बर्ष पहिला भएको थियो । उनी काठमाडौंबाट अमेरिका १५ बर्ष अगाडी आएका थिए । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न अवार्डहरु प्राप्त गरिसकेका छन् । जस मध्ये वर्ल्ड टाईटल बेल्ट, वर्ल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक , दुईवटा अन्तरराष्ट्रिय कप त्यस्तै गरि दुईवटा अन्तरराष्ट्रिय ट्रफी लगायत विविध विधाका स्वर्ण पदक जिति सकेका छन् ।

करातेमा उनले आफ्नो ५ किसिमको पृथक विशेष अविष्कार गरेका थिए । जसमा “फाङ् काटामा”(अमेरिकन किक अन्तर राष्ट्रिय) अमेरिकन अन्तरराष्टिय खेलमा स्वर्ण कप हात पारे । त्यस्तै सोही खेलमा “फांग खुकुरी काटा” मा रजत पदक हात पारे भने अर्को आविष्कार “फांग ब्रेकिंग” मा विश्व वेल्ट उपाधी प्राप्त गरेका थिए ।

त्यस्तैगरि भ्यानडम शैली मा विश्व च्याम्पियन वेल्ट र सर्टिफिकेट द्वारा “कुरो बुशि वोर्ल्ड च्याम्पियन खेलमा” नर्थ क्यारोलिनामा सम्मानित भएका थिए ।

विश्व रेकर्ड कायम गर्न सफल खेलाडी उज्ज्वल ठकुरीले आगामी दिनमा अझै तिन किसिमको छुट्टा-छुट्टी विधामा ” गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” कायम गर्न आफु हरदम प्रायसरत रहेको र त्यसमा सफलता मिल्नेमा पुर्ण विश्वस्त भएको पनि बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com