कहीँ नभएको जात्रा हाँडीगाउँमा !


प्रकाशित मिति : आश्विन २०, २०७४ शुक्रबार

कहीँ नभएको जात्रा हाँडिगाउँमा भन्ने उखान धेरैले सुनेको हो । यो जात्रा हाँडिगाउँमा मनाइन्छ। यस्तो जात्रा नेपालमा अरु कुनै ठाउँमा हुन्न।

हुन पनि खटको टाउको (गजुर) उल्टाइने, देउतालाई माथि राख्ने, रथ पनि उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने जात्रा अरु कहाँ हुन्छ त ? कोजाग्रत पूर्णिमादेखि तीन दिन सम्म यो जात्रा मनाइन्छ।

किन मनाइँदो रहेछ त यो जात्रा ?

धेरै पहिलेदेखि मनाइँदै आएको यो जात्रा एउटा कथन अनुसार, एक पटक सत्ययुगमा एक महिलालाई बाह्र वर्षसम्म गर्भ रह्यो रे। भो अब ! नौ महिनामा सुत्केरी हुनुपर्ने १२ वर्षसम्म भएनन्। अनि त नारायणलाई कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएछ। त्यही कथाअनुसार नारायणलाई खुसी पार्न अहिले पनि सो जात्रा चलाइएको भन्ने पाइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com