डिभीबारे अमेरिकी सरकारबाट १८ पेजको निर्देशिका (पूर्ण पाठ)


प्रकाशित मिति : आश्विन १०, २०७४ मंगलबार

झण्डै एकसातापछि खुल्ने डिभी लोटरीबारे अमेरिकी सरकारले १८ पेज लामो निर्देशिका जारी गरेको छ । आगामी अक्टोबर ३ को न्युयोर्क समय अनुशार दिउसो दिउसो १२ बजेदेखि नोभेम्बर ७ को दिउसो १२ बजेसम्म सन् २०१९ को कार्यक्रमका लागि डिभी लोटरी भर्न सकिनेछ ।

डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका लागि डिभी लोटरी खुल्ने भएको हो । तर सम्भवत यो नै अन्तिम डिभी लोटरी हुनेछ । डिभीका नियममा यसबर्ष थप कुनै परिवर्तन नगरिएतापनि डिभी लोटरी भर्नका लागि अन्तिम समय सम्म नकुर्न अमेरिकी सरकारको विदेशमन्त्रालयले सुचित गरेको छ ।

अन्तिम समयसम्म कुर्दा कम्प्युटर ओभरलोड भई ढिलाई हुने र आवेदन दर्ता नहुने सम्भावना समेत रहने भएकाले डिभी लोटरीका लागि अन्तिम समयसम्म नकुर्न सुचित गरिएको हो । आगामी अक्टोबर ३ तारिखदेखि नोभेम्बर ७ सम्म भरिने डिभी लोटरीको नतिजा सन् २०१८ को मे १ तारिखबाट आउन थाल्नेछ भने विजेताहरुले सन् २०१८ को अक्टोबर १ बाट भिसा प्राप्त गर्न थाल्नेछन् ।

पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला ।

डिभी कार्यक्रमको उद्देश्य भनेको ऐतिहासिक रूपमा धेरै सङ्ख्यामा अमेरिकामा बसाइँसर्दै आएका देशबाट भन्दा अन्य देशका नागरिकलाई आप्रवासनको मौका उपलब्ध गराउनु हो । अमेरिकी कानुन अनुसार विगत पाँच वर्षमा कुनै देशबाट ५०,००० मानिसले पारिवारिक वा रोजगारीका कारण अमेरिकाको आप्रवासी भिसा पाइसकेका छन्भने त्यस्तो देश यस कार्यक्रममा सहभागी हुन पाउने छैन ।

हरेक वर्ष अमेरिकी नागरिक तथा आप्रवासी सेवाले यसरी पारिवारिक वा रोजगारीका कारण अमेरिका बसाइँसर्ने मानिसको तथ्याङ्क अद्यावधिक गर्ने गर्छ, जसबाट वार्षिक डिभी कार्यक्रमका लागि अयोग्य हुने देशको निक्र्यौल हुने गर्दछ । हरेक वर्ष यस तथ्याङ्कमा फेरबदल हुने कारणले हरेक वर्षको डिभी कार्यक्रमका लागि योग्य देशको सूची परिवर्तन हुने गर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com