‘काठमाडौंको अमेरिकी दूतावासमा पेश गरिने अधिकांश कागजात नक्कली’ – दूतावास


प्रकाशित मिति : आश्विन ९, २०७४ सोमबार

काठमाडौंमा रहेको अमेरिकी दूतावासले गैरआप्रवासी भिसाका लागि पेश गरिने अधिकांश कागजात नक्कली हुने दावी गरेको छ । दूतावासको आधिकारिक फेसबुकमा सरोकारवालाहरुका प्रश्नहरुको जवाफ दिदै भिसा कन्सुलर अफिसरले त्यस्तो बताएका हुन् ।

पयर्टक लगायतका भिसा आवेदन गर्दा काठमाडौंको दूतावासले आवेदकका कागजात नहेरेको गुनासोबारे जवाफ दिदै भिसा कन्सुलर अफिसरले भनेका छन् – ‘हामीले कैयन कारणले गर्दा कागजातहरु जाँच गर्दैनौं । पहिलो, भिसा अन्तरवार्ताहरु छोटा हुन्छन् । दोश्रो, पेश गरिने अधिकांश कागजातहरु कन्सल्ट्यान्टहरुले बेच्ने नक्कली कागजात हुन्छन् ।

अमेरिकी दूतावासको फेसबुक पेजमा गरिएको प्रश्नोत्तर यहाँ उपलब्ध छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com