यी प्रहरी अधिकारी, जसले ४ सय ४४ जनालाई ‘इन्काउन्टर’ गरे


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

बीबीसी–कराचीमा नक्कली मुडभेडको सख्याँ बढाउने प्रहरी अधिकारी राव अनवार कैयौ विषयमा सामान्य छन् ।

यसै बर्ष १७ जनवरीसम्म कराचीको मलीर इलाकामा एसएसपी भएर काम गरेका राव अनवारको अगाडि भारत महाराष्ट्रका इन्काउन्टर स्पेशलिस्ट दया नायक धेरै पछाडि छन् ।

राव अनवारले नोकरी गरेको ३५ बर्षसम्म कति मानिस मारे यसको सहि अनुमान गर्नु मुश्किल छ ।

पाकिस्तानी सर्वोच्च अदालतमा पेश गरिएका दस्तावेज अनुसार जुलाई २०११ देखि जनवरी २०१८ का बीच अर्थात साढे ६ बर्षको अवधीका अनवारको निगरानीमा १९२ इन्काउन्टरमा ४ सय ४४ मानिस मारिए ।

कैयौ पटक यस्तो पनि भयो जब अनवारको गिरफ्तारी र मृत्युको अनुपात ८०÷२० रह्यो । अथवा १०० मा ८० जना मारिए, जबकि केबल २० जना गिरफ्तार भए । पाकिस्तानी पत्रिका डनले लेखेको छ ‘राव अनवारलाई कुनैपनि कोणबाट हेरेपनि कसाइ नै देखिन्छन् ।’

सबै मानिसको लागि भिलेन छैनन राव अनवार

यस्तो पनि हैन कि सबै मानिस अनवारलाई भिलेन मान्छन् ।

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ जरदारीले एक टीभी च्यानलमा उनलाई ‘ब्रेव ब्वाय’ भनेका थिए । त्यसपछि धेरै हंगामा भयो र उनले आफ्नो भनाइ फिर्ता लिए । यसबाट अनवारका प्रशंक र शुभचिन्तक कहाँ–कहाँ छन् भनेर थाहा पनि भयो ।

पाकिस्तानका पत्रकार भन्छन् ‘अनवार केवल जरदारी मात्र होइन, नवाज शरीफ र पाकिस्तान पीपुल्स पार्टीका कयौ ठूला नेताका धेरै नजिक छन् ।  पाकिस्तानका ठूला ठूला नेताका र सेनाका अधिकारीहरुका सबै खराब काम अनवार खुशीले गरिदिन्छन् ।’

यहि कारण हो यति मानिस फर्जी मुडभेडमा मारिदा पनि उनलाई कसैले केही गदैनन् ।

बीच–बीचमा एक दुई जाँचको सामना गर्नु पर्यो उनले । तर, हरेक पटक उनले ‘क्लिन चिट’ पाए ।

आश्चर्य चकित पार्ने काम यो छ, अनवारको निगरानीमा मारिएका यी सबै ‘अपराधी’ र खुन्खार ‘आतंकवादी’ ले प्रहरीलाई कहिल्यै केही नोक्सान नै गरेनन् ।

पत्रिका डनले लेखेको छ, ‘अनवारको निगरानीमा भएका सयौ मुडभेडमा कुनै प्रहरी मारिनु त परै जाओस्, कोही घाइतेसम्म पनि भएन । जसले यो देखाउँछ कि फर्जी मुडभेडको नाटक रच्न आवश्यक अनवारको महसुस हुँदैन । किन कि उनलाई सायद यस कुराको भरोसा हुन्छ कि उनलाई कुनै प्रश्न सोधिने छैन ।’

तर नकीबुल्ला महसूद नामक एक सुन्दर युवा पठान मारेपछि भने कुरा बिग्रयो ।

कायर झै किन फरार थिए अनवार ?

बजीरिस्तान इलाकाबाट कराची आएको २७ बर्षका महसूद कुनै फिल्मको हिरो जस्तो देखिन्थे ।

एक पसल चलाउथे र मोडेल बन्ने सपना देख्थे ।

उनलाई तहरीक–ए–तालिबान पाकिस्तानको आतंकवादी भनेर गोली मारियो ।

तर पाकिस्तानी तालिबानले स्पष्ट रुपमा भन्यो, ‘उसको महसूदसँग कुनै सम्बन्ध छैन ।’

महसूदको हत्यापछि उनी तीन महिना फरार रहे ।

फेरी सर्वोच्च अदालतमा उनको हाजिर हुने तरिका पनि गजबको थियो ।

उनी एक गाडीमा शानकासाथ सर्वोच्च अदालतसम्म गए, जहाँ केबल पाकिस्तानका प्रधानन्यायाधीस (चीफ जस्टीस)को गाडी जान सक्छ ।

सर्वोच्च अदालतले उनलाई हिरासतमा पठायो ।

बख्तरबन्द गाडीमा उनलाई इस्लामावादबाट कडा सुरक्षा घेरामा कराची लगियो ।

पाकिस्तानी मिडिया रिपोर्टका अनुसार, सर्वोच्च अदालतका न्यायाधीसले उनलाई सोधे ‘तपार्इंलाई त मानिसहरु धेरै बहादुर मानिस भन्छन्, तर तपाईं कायर झै किन फरार ?’

यसको जवाफमा अनवारले भनेका थिए ‘मलाई फसाइँदै छ ।’

पछि अदालतले अनवारको सुरक्षा राम्रो गर्न, उनको तलब निरन्तर दिनु, उनका बैंक खातामा लागेको रोक हटाउनु भन्ने निर्देशन दियो ।’

अनवारका अहिलेसम्मका हरकत

अनवारको नीजि जीवनको बारेमा पाकिस्तानका पत्रकारलाई पनि धेरै थाह छैन । कराचीमा लामो समयदेखि रिपोर्टिङ गरिरहेका बीबीसी उर्दुका रियाज सुहैल भन्छन्, ‘प्रहरी फोर्समा अनवार आफ्ना सहकर्मीसँग घुलमिल धेरै गदैनथिए, यही कारण हो उनको बारेमा धेरै जानकारी छैन । उनी एक्लै बस्न मन पराउथे । प्रहरी अधिकारी पनि उनीसँग दूरी बनाउछन् किन कि उनको छबि नै विवादास्पद छ ।’

रियाज यो पनि भन्छन्, ‘मानिसलाई उनको परिवारको बारेमा पनि केही थाह छैन । पाकिस्तानको प्रहरी अधिकारी सुरक्षा कारणले आफ्नो परिवारको जानकारी गोप्य राख्छन् । कराचीका ठूला प्रहरी अधिकारी आफ्नो परिवारलाई केही महिनापछि एक ठाउँबाट अर्को ठाउँमा पठाउछन् ।’

५८ बर्षका अनवारको हरेक फोटो प्रहरी वर्दीमा देखिन्छ । सावलो रंग, औसत उचाइ, कन्चटमा फुलेको कपाल, हल्का जुगा भएका अनवार एक सामान्य प्रहरी जस्तै देखिन्छन् नकि ठूलो प्रहरी अधिकारी ।
यसको पनि कारण छ ।

अनवार अस्टिेन्ट सब इन्सपेक्टबाट बढुवा हुँदै एसएसपी हुने पाकिस्तानका एक्ला प्रहरी अधिकारी हुन ।

उनी संघीय सर्विसका अधिकारी होइनन् ।

उनी ‘एलीट अफिसर’ झै अग्रेजी बोल्दैनन्,उर्दूमा नै कुरा गर्छन ।

बीबीसी उर्दू सेवाका पत्रकार असद चौधरी भन्छन् ‘पाकिस्तानमा प्रहरीको वर्दीको गहिरो निलो सर्ट र खाकी पाइन्टको फौजी वर्दीको अगाडि कुनै इज्जत छैन । तर अनवारका व्यवहार भने नितान्त भिन्न थियो । उनी आफुलाई कानूनभन्दा माथि सम्झन्थे । यसको एक उदाहरण उनी एसएसपी बेनपछि ७४ पटक दुबई गए । तर यसको लागि उनलाई कुनै किसिमको डिमार्टमेन्ट पेपरवर्कको आवश्यकता परेन ।’

यो प्रश्न महत्वपूर्ण छ–एक लाख महिनामा कमाउने प्रहरी अधिकारीसँग कसरी केही महिनामा ७४ पटक दुबई जानको लागि पैसा भयो ?

कराची शहर र अनवारसँगै बढे

एक समय थियो जब कराचीका गल्लीहरुमा मुत्तहिदा कौमी मुभमेन्टको बोली बिक्थ्यो ।

बिहारी अथवा मुहाजिर भनिने उर्दूभाषी युवाहरुलाई अल्ताफ हुसैनले संगठित गरेका थिए ।

उनी पठानहरु र अन्य गुटहरुसँग हिंसक झडपमा  लागेका थिए र कराचीमा नियन्त्रण गर्ने कोशिश गरीरहेका थिए ।

कराचीका सडकहरुमा हरेक दिन बोरामा हालेर बन्द गरेका शब पाइनु आम कुरा भएको थियो । कयौ यस्ता इलाका थिए, जहाँ एमक्युएमको राज चल्थ्यो र त्यहाँ जान प्रहरीपनि डराउथे ।

१९९०को दशकमा एक युवा प्रहरी अधिकारीले इन्काउन्टरको सिलसिला शुरु गरे । उनको नाम थियो राव अनवार ।

मुशर्रफ सत्तामा आएपछि उनले एमक्युएमको सत्तामा शामिल गरे । अब भने अनवारको लागि कराचीमा बाँच्न संभव भएन । किनकि उनले एमक्युएका धेरै मानिस मारेका थिए । त्यसपछि मुशर्रफले अनवारलाई

केही समयको लागि दुबै पठाए ।

रियल स्टेटको कारोबारमा हस्तक्षेप गर्नेहरुलाई तह लगाए

माहोल परिवर्तन भएपछि उनी प्रहरीको नौकरीमा आए । तर सिन्धमा नभएर बलुचिस्तानमा । किनभने उनलाई कराची अथवा सिन्धको अर्को इलाकामा तैनाथ गर्न असुरक्षित मानियो । २००८मा पाकिस्तानमा पीपुल्स पार्टीले उनलाई पुन कराचीमा ल्यायो । उनलाई मलीर इलाकामा एसपी बनायो ।

२००८ देखि २०१८ सम्म दश बर्षमा अनवारको उचाइ अझ बढ्यो ।

वरिष्ठ पत्रकार असद चौधरी भन्छन् ‘मलीर एक नदी हो, त्यहाँ धेरै खाली जमिन छ । त्यहाँ एक्सप्रेस वे बनाइयो । जमिनमा विकास भयो र हेर्दाहेदै छिमेकको बहरिया टाउनमा अरबौको रियट स्टेट तयार भयो । कस्ट्रक्सनको काम चल्न थाल्यो । नदीबाट बालुमा निकाल्न थालियो । माफिया तयार भए र मलीरका एसपीले आफ्नो असली रुप देखाउन सुरु गरे ।’

केही बर्ष पहिला एक प्रेस सम्मेलन गरेर उनले भनेका थिए, मैले केही समयमा नै मलीरमा १ सय ५० जना भन्दा बढीको इन्काउन्टर गरेको छु र म यहाँ रहिरहे भने इन्काउन्टरको संख्या अझै बढ्ने छ ।’

यो सम्मेलनमा उनले आफ्नो बहादुरीका कयौ किस्सा सुनाएका थिए । कसरी उनले पहिलो इन्काउन्टर एमक्युएमको फहीम कमाण्डोको गरेका थिए भन्ने पनि सुनाएका थिए ।

अनवारको बारेमा भनिन्छ, उनले ठूला नेताहरु र फौजी अफिसरलाई सहयोग गरे र उनको रियल स्टेटको व्यापारमा हस्तक्षेप गर्नेलाई ठेगाना लगाए । प्रहरीमा उनलाई मन पराउनेको संख्या कमै छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले नाम नछाप्ने सर्तमा भने ‘अनवारको हात अथवा उनको निगरानीमा धेरै मानिस मारिए । यसको परिणाम प्रहरीले भोग्नु पर्यो । ठूलो संख्यामा प्रहरी बदलाको कारवाहीमा मारिए ।

असद चौधरी भन्छन्, ‘कैयौ पटक मारिएका प्रहरीको लासँंगै पर्चापनि पाइए, जसमा उनका नातेदारको फर्जी मुडभेडमा भएको मृत्युको बदला हो भन्ने लेखिएको हुन्थ्यो ।’

अहिले अदालतले भनेको ‘अनवारको मामलामा पुरा पारदर्शिता र निष्पक्षताका साथ अदालत आफ्नो काम गर्ने छ ।’

तर, पाकिस्तानी प्रेस यो प्रश्न गरिरहेको छ ‘अहिलेसम्म नियम कानून कहाँ थियो र के गरिरहेको थियो ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com