१२ औं पुस्तक प्रकाशन गर्दै युवा लेखक थपलिया, हरेक प्रतिको २ डलर एनआरएनलाई


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

१२ औं पुस्तकको तयारीमा रहेका चर्चित युवा लेखक राजन थपलियाले नयाँ पुस्तक बिक्रीबाट संकलित रकमबाट हरेक प्रतिको दुई डलर एनआरएनए संस्थालाई दिने घोषणा गरेका छन् । सबैको साझा संस्था एनआरएनएलाई बलियो बनाउने उद्देश्यले यस्तो घोषणा गरिएको थपलियाले जानकारी दिएका छन् ।थपलिया जिरो टु हिरो नामको नयाँ पुस्तकको तयारीमा रहेका छन् जसमा सेल्फमेड व्यक्तिका रुपमा जीवनमा कसरी सफलतातिर अगाडि बढ्ने भन्ने सन्देश दिइने छ ।

यसअघि थपलियाको ११ औं पुस्तकका रुपमा शतप्रतिशत जीवन प्रकाशित भएको थियो । जुन पुस्तक अमेजनबाट पनि किन्न सकिन्छ । उक्त पुस्तकलाई जीवन सिकाउने शिक्षकका रुपमा व्याख्या गरिएको थियो ।

न्युयोर्क निवासी चर्चित युवा लेखक राजन थपलियाले अहिलेसम्म अँग्रेजी भाषामा ११ वटा पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ । सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्ने थपलियाको नयाँ पुस्तकमा पनि लाइफमा जीवनबारे बहुउपयोगी शुत्रहरु समेत दिइएको छ ।

झण्डै १५ बर्षदेखि अर्थात् किशोरावस्थादेखि नै लेखनकार्यमा लागेका थपलियाका अप्रकाशित केही पुस्तकहरु पनि तयारी अवस्थामा छन् । थपलियाको लेखन सेल्फ हेल्प, मोटिभेशन र नोभलमा केन्द्रीत रहेको छ । उनी भन्छन् – ‘लेखनका विभिन्न धारहरु छन् । तर मैले महसुस गरेको छु कि यी धारहरु नै मेरालागि उपयुक्त छन् । उपन्यास लेखन र सेल्फ हेल्प नै मेरालागि उचित विधा हुन् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com