न्युयोर्कमा आप्रवासी हैसियत सोध्न प्रतिबन्ध


प्रकाशित मिति : भाद्र ३१, २०७४ शनिबार

अमेरिकी अध्यागमनबारे चर्को बहस भइरहेको सन्दर्भमा न्युयोर्कका गभर्नर एन्ड्रिउ कुमोले एक कार्यकारी आदेश जारी गर्दै अधिकांश मामलामा राज्यका एजेन्सी र प्रहरीलाई न्युयोर्कबासीको आप्रवासी हैसियतबारे प्रश्न सोध्न प्रतिबन्ध लगाएका छन् । कुमोले शुक्रबार जारी गरेको कार्यकारी आदेश अनुशार अब राज्यका एजेन्सीहरु र प्रहरीले न्युयोर्कमा बस्नेहरुको आप्रवासी हैसियत सोध्न नपाउने भएका छन् ।

अमेरिकाको संघीय सरकारले कागजपत्रविहिनहरुमाथि कारवाही तीब्र पारिरहेको सन्र्दभमा कुमोको कार्यकारी आदेशलाई काउन्टर अट्याकका रुपमा लिइएको छ । कार्यकारी आदेश अनुशार राज्यका कानुन कार्यान्वयन निकायहरुले आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा बाहेक व्यक्तिको आप्रवासी हैसियत सोध्न पाउने छैनन् ।

यदि कुनै व्यक्तिले प्रहरीको सहयोग खोजेको खण्डमा वा कुनै घटनाको साक्षी भएको खण्डमा व्यक्तिको आप्रवासी हैसियत सोध्न पाइने छैन । अध्यागमनका विषयमा वकालत गर्नेहरुले कुमोको कदमको स्वागत गरेका छन् ।

कार्यकारी आदेशको पूर्ण पाठ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com