काठमाडौं मा पनि धुम धामका साथ जितिया पर्ब,


प्रकाशित मिति : भाद्र २८, २०७४ बुधबार

आज देश भर्का थरु समुदायले जितिया पर्ब धुम धामका साथ मनायका छन्, तेसै गरी काठमाडौं मा पनि जितिया पर्ब
त्यसरीनै हर्स उलास्को साथ मनायका छन ,


जेठी शीलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शीलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो तर मृत्यु भयो । वर्षांैपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शीलावतीले आप्नी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेका कारण यस जन्ममा तिम्रो सन्तानको मृत्युु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाहँदैनन् । थारु जनजातिका महिलाबीच पनि यो पर्व अति लोकप्रिय रहेको छ । थारु समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् ।

यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेँलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ । भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ । पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ । जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रुपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ । यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पूजन गरिन्छ । छोरा र छोरीमा भेदभाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ ।

ऐतिहासिक रूपमा नेपालको मिथिला र थारुवान/थरुहट लगायत मधेशको भू–भागमा बसोवास गर्ने नेपाली महिलाको पर्वका रुपमा पनि यसले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com