म सक्षम छु, एकपटक सेवा गर्ने मौका दिनुहोस:लक्ष्मी खरेल थापा, उम्मेदवार,महिला संयोजक


प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार

सानफ्रान्सिस्को,

एनआरएन अमेरिकाको महिला संयोजकको उम्मेदवार लक्ष्मी खरेल थापाले एनआरएनएमा सक्षम र युवा नेतृत्व स्थापीत गर्नुपर्न समय आएको बताउनु भएको छ । ढिलै भए पनि चुनाव मार्फत सक्षम उम्मेदवार छनोट गर्ने सुअवसर आएको भन्दै थापाले नयाँ सोच र महिला सहभागीता तथा शसक्तिकरणको लागी आफुलाइ एक भोट दिन आग्रह गनुभयो ।

विगत लामो समयदेखी अमेरिकाका विभिन्न सामाजीक संस्थाहरुमा क्रियाशिल रहि समाजसेवालाइ निरन्तरता दिदै आउनुभएकी थापाले एनआरएनए मार्फत अझ ठुला र प्रभावकारि काम गर्न सक्ने देखेर आफु यो अभियानमा होमिएको बताउनु हुन्छ । “समाजको लागी केहि गर्ने मेरो सानैदेखिको स्वभाव हो, एनआरएन त्यसको उपयुक्त थलो रहेछ ।”
सरल स्वभाव र मृदुभाषी महिला नेतृको रुपमा स्थापीत थापा सानफ्रान्सिस्कोमा एक सफल व्यवसायीको रुपमा पनि परिचित छिन् । लायन्स क्लब अफ बर्कर्ली, एनडब्ल्यूजीएन, सन्नी सगरमाथा समाज लगाएतका सामाजिक संस्थाहरुमा सक्रिय थापाले आफ्नो अनुभव र सक्रियता नै जितको मुख्य आधार भएको बताइन । महिला नेतृत्व र उद्यमशिलता विकास, सामाजिक एकता र सामुदायीक सद्भाव जस्ता शक्तिशाली नारा बोकेर मैदानमा होमीएकी थापा एनआरएनमा महिला सहभागिता बृद्धि, स्वयत्त च्याप्टर र पारदर्शी नेतृत्वको लागी आफुले काम गर्ने बताइन । अग्रज सामाजिक अभियन्ताहरुको आग्रह, सहयोग र समर्थनमा महिला संयोजकको उम्मेदवार बनेकी थापा आफ्नो पक्षमा व्यापक जनलहर बढेको दाबी गर्छिन । “मेरो अनुभव र रुचि नै मेरा योग्यता हुन्, म सक्षम छु, एकपटक सेवा गर्ने मौका दिनुहोस,” थापा भन्छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com