गभर्नर लायन राजेन थापाको नेतृत्वमा राहत सामग्री वितरण


प्रकाशित मिति : कार्तिक २, २०७४ बिहीबार

 

लायन डिष्ट्रिक ४सी३ का गभर्नर लायन राजेन थापाको नेतृत्वमा क्यालीफोर्नियाका अग्निपिडितहरुलाइ बुधबार राहत सामग्री वितरण गरिएको छ ।
गभर्नर थापाको टोलीलाइ आगलागी भएको क्षेत्र ४सी२ का गभर्नर लेसमीजले राहत सामग्री वितरण गर्न र उद्धार कार्यमा सघाउनका सहयोग गरेका थिए । लायन राजेन थापाको नेतृत्वमा गएको टोलीले राहत सामग्री वितरण गर्नुका साथै अग्निपिडितको पुनस्थापनाको लागी स्वयंसेवा पनि गरेका थिए । लायन राजेन थापाले डिष्ट्रिक ४सी३ को तर्फबाट लगिएको खाद्यान्न, लत्ताकपडा र औषधि वितरण गरे । लायन डिष्ट्रिक ४सी३, कोन्टा कोष्टा काउन्टिमा पर्दछ जुन आगलागी ग्रस्त क्षेत्रबाट नजीक छ । “यो एक भयानक प्राकृतीक विपत्ती हो जसले जे सकिन्छ सहयोग गरौँ ।” थापाले सान्ता रोजाबाट टेलीफोनमा भने । अग्निपडितको लागी भौतिक सामग्री भन्दा पनि स्वयंसेवकको अभाव खट्कीएको छ । सरकारले आवश्यक भौतिक सामग्रीको अभाव हुन दिएको छ्र्रैन । लायन थापाले पुनस्थापना केन्द्रमा सम्भव भएसम्मका सबै सुविधा उपलब्ध गराइएको पनि बताए । सरकारसंग समन्वय गरेर लायनस् क्लवले ठुलो संख्यामा स्वयंसेवक खटाएको छ । लायन्स क्लव इन्टरनेशनलले प्राकृतीक प्रकोप पिडितको उद्धारको लागी हरेक बर्ष ठुलो रकम सहयोग गर्ने गर्दछ । “उद्धार कार्य तथा व्यवस्थापन उत्कृष्ट छ” लायन म्यागेजिनका लागी पत्रकार कात्या सेन्जेलसंग थापाले भने । अग्निपिडितका लागी सरकारले डेढ बर्ष भित्र स्थाइ घर निर्माण गरिसक्ने बताएको छ । सेल्टरमा जनजीवनलाइ सामान्य वनाउन हर सम्भव प्रयत्न गरिएको छ । इतिहासकै ठुलो विपत्तिमा आफुले ठुलो हानी व्यहोर्नु परेता पनि उद्धारमा देखिएको सफलताले अग्निपिडितहरुले राहत महसुस गरेका छन् । उनिहरु आफ्नो दैनिकी सामान्य बनाउन तर्फ केन्द्रित देखिन्छ ।
उत्तरि क्यालीफोर्नियाका नापा, सोनोमा र सान्ता रोजा काउन्टिमा भएको भिषण आगलागीमा परि बाट मर्नेको ४२ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com