५/७ महिने गर्भवती, बालबालिकाहरु डुबानमा


प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार

दिपक भट्टराई 

झापा मदरगाछ बजार पश्चिम कछुदह भन्ने ठाँउमा अत्यन्तै कारुणिक अवस्था छ । ५/७ महिने गर्भवती देखि लिएर १/२ बर्षका बालबालिकाहरु अनि बृद्धअबश्था भएका करिब ३० जना सर्वसाधारणको बचाउ बचाउ को आवजले मन सारै रोयो , दुई तीन पटक त्यहाँ जान प्रयास पनि गरियो तर सकिएन । पानीको बेग एति तिब्र छ कि त्यहाँ बाट जान सकिने अवस्था नै रहेन । करिब २५/३० मिटर गहिराई जस्तो देखिन्छ ।

१०० नम्बरमा फोन गर्यो त्यस्ले पनि स्थानीय चौकीलाई भन्नू भन्यो, सुरुङ्गामा ससस्त्र प्रहरी आएर बसेको तर बाटो बिग्रेर आउन सकिरहेको छैन भन्ने अपुस्ट समाचार आयो एदि तेस्तो हो भने हेलिकप्टर मगाएर भए पनि जनताको उद्दार गर्नु पर्यो। मेयरलाई फोन लाग्दैन ।

कृपया हाम्रा माननीय केशव कुमार बुढाथोकी लाई कसैले सम्पर्क गरिदिएर सेना प्रयोग गरि जनताहरुको ज्यान बचाइदिनु होला भन्दिनु होला । अझै केही समय ढिला भयो भने त्यहा केही भन्ने अवस्था छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com