टेक्सासको ह्युस्टनमा गुल्मेलीको तीज


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

आगामी अगस्त २० मा अमेरिकाको टेक्सासको ह्युस्टनमा गुल्मेलीहरुको जित कार्यक्रम हुने भएको छ । बिगत बर्षमा जस्तै यो बर्ष पनि नेपाली महिलादिदीबहिनीहरुको महान चाड तीजको शुभ अबसरमा गुल्मी समाज हुस्टनको आयोजनामा ताजहलमा तीज कार्यक्रम हुन गइरहेको त्यहाँबाट सागर अर्यालले जानकारी दिए ।

यो पटकको तीजलाई अझ बढ़ी सभ्य , रम्य र ऐतिहासिक बनाउन सबैको न्यानो माया उत्साहबर्धक सहभागिता एवं पूर्ण सहयोग हुने आयोजकको विश्वास रहेको छ । आफ्नो मौलिक परम्परा , रीतिरिवाज ,धर्म सस्कृतिलाई जगेर्ना एवं प्रबर्धन गर्न तीज कार्यक्रम राखिएकाले आयोजकले कार्यक्रममा सपरिबार सहभागी हुन चुल्हेनिम्तो दिएका छन् ।

कार्यक्रम 5615 savoy Dr Houston Texas मा रहेको –ताजहलमा बिहान ११ बजे देखि साँझ ६ बजे सम्म हुनेछ । १२ बर्षभन्दा कम उमेरकाहरुलाई निशुल्क र १२ बर्षभन्दा माथिकालाई २० डलर शुल्क तोकिएको छ । टिकट सोही दिन काउण्टरबाटै दिइने छ । दर खाने, प्रतियोगितात्मक र अप्रतियोगितात्मक तीजगित प्रस्तुत गर्ने, सामुहिक नृत्य, पुरस्कार वितरण लगायतका कार्यक्रम तय गरिएको छ ।

आयोजक गुल्मी समाज ह्यूस्टन भएपनि तीजमा ह्युस्टनबासी सबै नेपाली र संघसंस्था लगायत सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com