अमेरिकाको गुआममा आक्रमण गर्ने तयारी भइरहेको उत्तर कोरियाको दाबी


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

श्रावण २५, २०७४ उत्तर कोरियाले प्रशान्त क्षेत्रमा रहेको अमेरिकाको गुआममा आक्रमण गर्ने तयारी गरिरहेको दाबी गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आगो र क्रोधबाट बच्न चेतावनी दिएको केही घण्टापछि उत्तर कोरियाले गुआममा मध्यम वा लामोदुरीको रकेट प्रहार गर्ने तयारी भइरहेको जनाएको हो । सो आक्रमणबारे उल्लेख गरिएको सेनाको विज्ञप्तिलाई उदृत गदै उत्तर कोरियाको सरकारी समाचार संस्थाले समाचार सार्वजनिक गरेको छ । गुआमलाई अमेरिकाको रणनीतिक आक्रमणकारीको आधार क्षेत्र मानिन्छ ।

अमेरिकाको प्रस्तावमा प्योङयाङविरुद्ध थप आर्थिक नाकाबन्दी लगाउन राष्ट्रसंघ सहमत भएपछि रुष्ट बनेको उत्तर कोरियाले त्यसको अमेरिकाले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो ।

प्योङयाङले गत जुलाईमा २ वटा लामो दूरीको अन्तरमहादेशीय व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । ती क्षेप्यास्त्र अमेरिकाको मूख्य क्षेत्रमा आक्रमण गर्नसक्ने क्षमताको रहेको उत्तर कोरियाको दाबी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com