‘सि जिनपिङको नाममा राजनीतिक सिद्धान्त’


प्रकाशित मिति : कार्तिक ३, २०७४ शुक्रबार

चिनियाँ नेता सि जिनपिङले देशको सत्तारुढ कम्युनिष्ट पार्टीमा आफ्नो हैसियत थप मजबुत बनाउँदै आफ्नो अलग्गै राजनीतिक सिद्धान्त प्रस्तुत गरेका छन्।

बेइजिङमा जारी पार्टीको महाधिवेशनमा गरिएको घोषणा अनुसार उनको अवधारणालाई सी जिनपिङ विचारधारा भनिनेछ।

अहिलेसम्म सि जिनपिङ विचारधाराको स्पष्ट अर्थ के हुनेछ भनेर बाहिरी विश्वलाई प्रष्ट थाहा भइसकेको छैन्।

तर चिनियाँ सरकारी समाचार संस्थाको अंग्रेजी संस्करणमा प्रस्तुत समाचार अनुसार कम्युनिष्ट पार्टीको विधानमा उक्त विचारधारालाई समावेश गरिने बलियो संकेत दिएको छ।

अर्थ

सम्बाददाताहरु भन्छन्, सि जिनपिङ विचारधाराको शाब्दिक अर्थ बुझ्न कठिन छ तर धेरै हदसम्म यो नयाँ सिद्धान्तको आधारभूत विषयहरुले खासै महत्व राख्दैनन्।

यो घोषणाको मुख्य महत्व भनेको त्यसको सांकेतिक अर्थ नै हो।

‘चीन विश्वको केन्द्रमा रह्ने बेला आयो’

चीनले आफ्ना नेता कसरी चयन गर्छ?

चिनियाँ नेता देङ सिआओपिङ पछि आफ्नो नाम राजनीतिक सिद्धान्तसँग जोड्ने देशका पहिलो नेता सि जिनपिङ बनेका छन्।

चीन

र यसले आफ्ना दुई पूर्ववर्ती राष्ट्रपतिहरुभन्दा उनको शक्ति मजबुत रहेको देखाउँछ।

देङअघि चीनका नेता माओत्से तुङले पनि आफ्नो नामको राजनीतिक विचारधारा प्रस्तुत गरेका थिए।

अन्यौल

अंग्रेजी भाषामा सरकारी समाचार संस्था सिन्ह्वामा प्रकाशित खबरको शिर्षकमा चिनियाँ कम्युनिष्ट पार्टीले ‘समाजवादबारेको सि जिनपिङ विचारधारा ल्याएको र त्यसले नयाँ युगका लागि चिनियाँ विशेषता दर्शाउने’ बताएको छ।

चीन

उक्त खबरमा समाचार स्रोतका रुपमा पार्टीका वरिष्ठ अधिकारीलाई उद्धृत गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन शुरु

बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसी भन्छिन्, पार्टीको आधिकारिक धारणा नसमेटी नेताहरुले यस्तो निर्णय सार्वजनिक गर्ने वा सिन्हुवा समाचार संस्थाले यस्तो खबर प्रकाशन गर्न हुनैसक्दैन्।

तर महत्वपूर्ण कुरा के छ भने यो खबर चिनियाँ भाषामा प्रकाशन गरिएको छैन अनि चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने पिपुल्स डेली समचारपत्र वा चिनियाँ भाषाको सिसीटीभिमा पनि आएका छैनन्।

अहिलेपनि कम्युनिष्ट पार्टीको विधान संशोधनमा उक्त नयाँ विचारधारा नसमेटिनसक्ने झीनो सम्भावना कायम छ।

बीबीसीकी चीन सम्पादक ग्रेसीका अनुसार अहिलेसम्म वैधानिक मानिएका चिनियाँ भाषाका सरकारी सञ्चारमाध्यममा अहिलेसम्म कुनै विवरण पनि नआएकाले अन्तिम निर्णय के हुनेछ भनेर थहा पाउन आगामी मंगलबारसम्म कुर्नै पर्ने देखिन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com