ललितपुरको कुम्भेश्वर मेलामा दर्शनार्थीको घुइँचो (फोटो फिचर)


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

आज बिहानैदेखि ललितपुरको बङ्गलामुखीस्थित कुम्भेश्वरमा हजारौँ दर्शनार्थी मेला भर्न लामबद्ध भएका छन् ।

जनैपूर्णिमाको दिन सो स्थानमा मेला भर्न स्थानीय पाटनवासी, चापागाउँ, हरिसिद्धि, ठैव, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकना, गोदावरीलगायत उपत्यकाका विभिन्न स्थानबाट दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

आजकै दिन तामाङ समुदायका झाँक्री (बोम्बो) ले ढ्याँङ्ग्रो बजाउँदै नाचगान गर्ने चलन मेलाको अवसरमा गर्ने गरिन्छ । लामबद्ध रुपमा आफ्नो धर्म संस्कृति जोगाउन उनीहरु जिल्लाकै दुर्गम गाउँहरु कालेश्वर, शङ्खु, गोटीखेल, माल्टालगायतका स्थानबाट आउने गर्छन् ।

 

दिनभरि नै कुम्भेश्वरको मेलामा भाग लिन टाढाटाढाबाट भक्तजन आउने गर्छन् । यहाँ स्नान गरी पूजा गरेमा परिवारमा सुख शान्ति मिल्ने  तर्क छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com