गुम्बा र बिहारहरुको पुनर्निर्माण माग गर्दै बौद्ध धर्मावलम्बीहरु विरोध प्रदर्शनमा


प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार

भूकम्पले क्षतिग्रस्त गुम्बा र बिहारहरुको छिटो पुनर्निर्माण गर्न माग गर्दै बौद्ध धर्मावलम्बीहरुले राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

गुम्बा बिहार पुनर्निर्माण संघर्ष समितिको अगुवाईमा ललितपुरको जावलाखेलमा विरोध प्रदर्शन गरिएको हो ।

 

राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक असफल भइसकेको भन्दै राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

उनीहरुले पुनर्निर्माण गुम्बा विकास समितिमार्फत् नै गर्नुपर्ने, पुनर्निर्माण गर्दा मूर्ति आर्टलाई समावेश गर्नुपर्ने, नक्सांकन भइसकेका गुम्बाहरुलाई मान्यता दिनुपर्ने लगायतका माग राखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com