नक्कली ‘डीआईजी’ पक्राउ


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

– टीकाप्रसाद भट्ट

श्रावण १, २०७४- नक्कली डीआईजी बनेर जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएको मुद्धाका विषयमा प्रहरी प्रमुखलाई आदेश दिने एकजना पूर्व प्रहरी पक्राउ परेका छन् ।

आफूलाई नेपाल प्रहरीका डीआइजी सुदिप आचार्य भन्दै रामेछापको खाँडादेवी गाउँपालिका २ का ५२ वर्षीय मानबहादुर केसीले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेललाई फोनबाट सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेकालाई छोडिदिन आदेश गरेका थिए ।

रामेछापको उमाकुण्ड गाउपालिका २ वस्ने दासोना भन्ने दावा सोनाम शेर्पालाई असार ४ गते प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्धा दायर गरेको थियो । उक्त मुद्धामा अनुसन्धान भइरहेको बेला असार १७  र १८ गते केसीले उनलाइ छोडिदिन जिल्ला प्रहरी प्रमुखलाइ फोन गरेका थिए ।

फोनमा उनले ढुंगेललाई ‘भाइ’ भनेर सम्बोधन गरेका थिए । पछि शंका लागेर डीआईजी आचार्यलाई फोन गर्दा आफूले त्यस्तो निर्देशन नदिएको बताएपछि केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com