एसाइलम माग गर्दै अमेरिकी होमल्याण्ड सेक्युरिटी प्रमुखबिरुद्ध मुद्दा


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

अमेरिकामा आप्रवासीहरुले एसाइलम गर्न पाउने अधिकार हनन गरेको भन्दै अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रमुख जोन केलीबिरुद्ध मुद्दा दायर गरिएको छ । बुधबार अध्यागमन सम्बन्धी काम गर्ने कानुन व्यवसायी र अधिकारकर्मीहरुले केलीबिरुद्ध मुद्दा दायर गराएका हुन् ।

सिमा क्षेत्रबाट अमेरिका छिरेर एसाइलम गर्न खोज्नेलाई सिमाका अधिकारीहरुले अमेरिका छिर्न रोकेर एसाइलमको अधिकार उल्लंघन गरेको आरोपसहित मुद्दा दायर गरिएको हो । क्यालिफोर्नियाको जिल्ला अदालतमा दायर गरिएको मुद्दामा सिमा सुरक्षा अधिकारीहरुले अमेरिका छिर्न खोज्नेहरुलाई दुब्र्यबहार र गालीगलौज गरेको उल्लेख छ ।

केही सिमा सुरक्षा अधिकारीहरुले अमेरिकामा डोनाल्ड ट्रम्पले अब कसैलाई एसाएइलम नदिने भन्दै कानुनमा हस्ताक्षर गरेको भन्दै आप्रवासीहरुलाई फर्काउने गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय र अमेरिकी कानुन अनुशार आफ्नो देशमा फर्कन ज्यानको खतरा भएको व्यक्तिले बोर्डरमा एसाइलम अफिसरलाई अन्तरवार्ता दिन पाउँछ ।

यदि अमेरिका छिरेको व्यक्तिलाई स्वेदश फर्कनमा डर भएको कुरा अफिसरलाई विश्सनीय लागेमा अमेरिका छिर्ने व्यक्तिले अदालतमा सुनुवाईको मिति प्राप्त गर्छ । एसाइलम पाउनका लागि व्यक्तिले स्वेदश फर्कदा आफूमाथि जातीय, धार्मिक, राजनीतिक वा राष्ट्रियताका आधारमा खतरा रहेको पुष्टी गर्न सक्नुपर्छ । तर एसाइलम गर्न खोज्नेलाई एसाइलम बन्द भएको भन्दै सिमा सुरक्षा अधिकारीहरुले फर्काइदिने गरेको अधिकारकर्मीहरुको आरोप छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com